समय बदलिएको छ;हिजो भन्दा आज।देशको परिस्थिति सामान्य छैन र पहिल्यैको माहोलमा आउन अझै केहि समय कुर्नै पर्छ।सामान्यतया: देशमा बन्दाबन्दी छ अर्थात् लकडाउन।
कुनै दिन म गाउँबाट उच्च शिक्षाको लागि शहर पसेको थिए। हो,त्याही पहिलो भेट हुन पुग्यो यानेकी रातो चाईनिज ईट्टाको चार तले घर।ती दिनहरु भन्दा फरक आजको दैनिकी बनेको छ।हामी बिच धेरै मतान्तर भए पनि अहिले एउटै कुरा भने समानता छ कि हामी दुबै आफ्नै घर भित्र छौ।
त्यो पहिलो भेटमा तिमीले सोधेका थियौ- गाउँबाट पहिलो पटक शहर आको भन्दा-अहिले मेरो घरमा रहेको सिल्भरको डिक्ची जस्तै आफ्नो सुन्दर अनुहार कुचिएको थियो; मानौ कुनै नयाँ ग्रहबाट आए जस्तै। पक्कै पनि गाउँ दुर्गम,अबिकशित नै थियो,अबसरहरु सिमित थिए।स्वतन्त्रता थिए तर पनि बाध्यताहरु थुप्रै। अनगिन्ती रहरहरुको पोका बोकि थुप्रै किसानको प्रतिनिधित्व गर्दै शहर छिरेको गाउले हु।
ठ्याक्कै पाँच बर्ष बितिसकेछ,त्यो खुम्च्याएको अनुहार सित छुट्टिएर बसेको पनि।फेरि भन्छु- म मेरै गाउमा छु अहिले। मज्जाले घर बाहिर-भित्र ,वरिपरिको खेतवारीमा घुम्न पाएको छु।बिहान- बेलुकी हरियो साग,सब्जिको तरकारीको लागि लक डाउनको सदा झै सदुपयोग गर्न पाएको छु।
अब भन्ल्यौ गाउँमा त्यति पनि गर्न नपाए त के गाउँ भन्नु नि।हरियो सागसब्जी उब्जाउनु त बाध्यता हो नि,गर्नै पर्यो फेरि त्यति नगरे गुजारा चलाउनु?।हो- यहि सङ्कुचित सोचले त हामी बिच दरार उत्पन्न गराईदियो,हेपि रह्यौ मेरो गाउले जिबन अनि थुप्रै गाउलेलाई ।
अहिले म तिम्रो अवस्था एकिन गरेर भन्न सक्छु कि तिम्रो दैनिकी ।कम से कम कोठाको सिमित घेराबाट बाहिर हेर्न त पाएकी छौ।बाहिरी बाताबरण संगको सम्पर्क त अझै केही दिन असम्भव प्रायः नै देखिन्छ तर मेरो तिमीले सोचेको भन्दा धेरै फरक भेट्न सक्छौ कारण यस जिन्दगीमा तिमीले ठूलो यस्तो अबसर प्राप्त गर्न सकेनौ।
सुन्दैछु- समाचारहरुमा तिम्रो शहरको मुहारमा पनि थोरै बैशले भरिएको त्यो बेलाको तिमी जस्तै भएको छ रे।उज्यालो चमकता अनि गम्भीर थोरै चन्चलताबाट परिपक्क अनि धेरै सुनसान- संगैको घरमा कुराकानी गरेको नि प्रष्ट बुझिने गरि त्यत्रो मानिसहरू कसरी बसेका होलान् है?खैर,त्यो पनि बाध्यता नै हुनुपर्छ केहि बर्ष पहिले तिमीले भेटेकी “म” गाउले जस्तै।
बिहानिको सुरुवात र त हिजोआज मोबाइलको स्क्रिनबाटै हुन्छ होला अनि दिनको अन्त पनि तर यतिबेला मेरो गाउँमा त फरक फरक बास्ना सहितको कुटो,कोदालो संग हात मिलाउदै स्वच्छ श्वासप्रश्वास संग अङ्कमाल गरेर सुरु गरिन्छ। बारीका फाटहरु,गर्हाहरु मकै,सागपातले ढाकिएका छ्न् ।अझै भनौ ठ्वास्स गनाएको त्यो बेलाको तिमीले प्रयोग गरेको महङ्गो सेन्ट भन्दा आकाशे पानीले जब भुईको माटो सङ्ग छुम्बन गर्छ नि हो त्यही माटोको बास्ना सयौं गुणा मीठो लाग्छ।मकै गोड्दा आउने हरिया पातहरुको बास्ना सहितको हावा आहा !
दिउसो कहिले सोफा, कहिले ओछ्यान,कहिले टि भिको रिमोट थिच्दै भुईमा खुट्टा बजार्नु परेको छैन तिम्रो जस्तै।अहिले त म गोठालो भएको छु,आफ्नै गाई बस्तु,बाख्राहरुको,त्यो पनि आफ्नै घर सङ्गैको बारिमा।अब त्यो पनि हिड्न नपाएको यो अबस्थामा मज्जाले तिदु(फल) खादै गफिदै मेरा यहि साथीहरू सङ्गै जुन तिम्रो राती १० बजे पछि को फोन बार्तालाप त के हो र?
गर्मी छ-बाहिर चर्को घाम कहिले काहीँ असिना पानी ।असिना पानी पर्दा समातेर फोटो खिच्दै ला! पग्ल्यो त भनेर छक्क पर्ने तिम्रा ती टिठ लाग्दो अनुहार साच्चै शहरीया देख्दथे।मल बाट किनेर ल्याएको पप कर्न साथमा फ्रीजबाट निकालेको चिसो देखाउदै तिमी नि खान्छौ र भनेको याद सम्झदै भन्छु-अहिले खादै छु:गोठालोबाट फर्केपछी आमाकै हातले हाडीमा भुटेको मकै,मटमास र आफ्नै घरको ठेकिमा मोथेको भैसिको दुधको दहिबाट बनेको महि।फेरि तिम्रो जस्तो खाजा खाएपछि छतमा उफ्रदै- चिच्याउदै ठुला ठुला आवाजमा बज्ने अङ्ग्रेजी धुन यता मेरो त हातमा कोदालो सङ्गै बारीको वरिपरि चिर्बिर्याउने चराहरुको मसिनो स्वरमा नाच्दछु न लुकेरै न कसैको रोकतोक।
बारिमा प्रसस्त आलु,साग,काउली,गाजर जस्ता तरकारी उब्जाएकोले गाह्रो छैन।मुला,पुदिना,धनिया,लोकल गोल्भेडा अचारको रूपमा ।भैसिको दूध,घ्यु ले भोकमा भोजनलाई अझै बढी स्वाद थपिदिन्छ।त्यसैले त दिनभर खटिन सकिएको छ;शरीर फुर्तिलो भैरहेको छ।
तिमीलाई बिहान उठ्ने बित्तिकै लक डाउनले प्रभाव पारिहाल्छ र छत/बन्द कोठामा मर्निङ वाक संगै दिन भर समय कटाउन तनाब हुन्छ तर मेरो खुल्लम खुल्ला आकाशको छाना मुनि शारीरिक ब्यायाम हुन्छ न त घर भित्रको कोठा भित्र।
सुनियो,हिजोआज तिमीले पनि कौसी खेती गर्नुपर्छ भन्दै बुझ्दै रैछौ।पहिले पहिले नगरे पनि लक डाउनले सकारात्मक परिबर्तन सहितको फोटाहरु खोज्दै फेसबुक तिर पोस्ट्याउन थालेछौ,जुन कुराले मलाई खुशी बनायो र सोच्दै भन्न थालेछु-घैटोमा घाम लागेकै हो त ?
अ साच्चै ! तिमी त खेतीपाती गाउलेले गर्ने,पढ्ने कुरो हो ,त्यसैले त त्यो गाउले हाम्रो घरमा आएर बसेको छ भनेर सुनाउने तिम्रो ड्याड- ममलाई आज आफैले कौसी खेतीको बारेमा बुझ्न पसले दिदी सङ्ग नम्बर मागेर फोन गरयौ नि है ?गाउले शीत थप अझै सहयोग चाहिए अप्ठ्यारो न मान्नु है?आफू त गाउले परियो हजुर।
लेखक: ईन्टरनेशनल सीड रिसर्च एन्ड ट्रेडिङ सेन्टर (आई-सीड) मा कार्यकारी निर्देशक हुनुहुन्छ।