२००६ साल बैशाख १० गते भारतको कलकताको श्याम बजारमा पुष्पलाल श्रेष्ठ,निरन्जन गोविन्द बैद्य,नरवहादुर कर्माचार्य, नारायण विलास जोशी मिलेर कम्युनिस्ट पाटीको स्थापना गरे । जसका सस्थापक पुष्पलाल श्रेष्ठ थिए । कम्युनिस्ट पाटीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति,चिनिया क्रान्तिको निरनतर विकास ,भारतको तेलङगना विद्रोहो,राणाशाशन विरुद्धको जनसंघर्ष आदी थिए । कम्यूनिस्ट आन्दोलनको कुरा गर्दा एउटा सामान्या घेरामा राखेर हेर्नु कदापी उचित हुँदैन । कम्यूनिस्ट आन्दोल भनेको बर्जुवा राजनिति जस्तो आवधिक निर्वाचन र सरकार गठन गर्ने र त्यही प्रक्रियालाई दोह¥याइ राख्ने मात्र होइन । खासमा कम्युनिस्ट आन्दोलन भनेको मानवद्धारा मानव माथि हुने सवैखाले शोषण ,दमन,उत्पीडनको अन्त्य गर्नको लागी आर्थीक, सामाजिक र सांस्कृतिक परिवतलाई निरनतर अगाडी भढाउने आन्दोलन हो । त्यसैले कम्युनिस्ट पाटीको नेतृवमा गर्भमा नै कम्युनिस्ट पाटीको नेतृवमा जनवादी क्र्रान्ति सम्पन्न गर्दै, समाजवाद र साम्यबादसम्म पुग्न लक्ष्य रहेको हुन्छ । यो नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलन समाज परिवर्तको एउटा लामो अभियान हो ।
यसक्रममा उतारचढावको साथै क्रान्ति र प्रतिक्रान्ति परिघटना हुन स्वभाविक हुन्छ । कम्युन्टि आन्दोलका सुरुवात देखि नै खास गरेर कम्युनिस्ट घोषणा पत्र जारी भएदेखि यता डेढ शताब्दीको इतिहासले त्यो कुरालाई देखाएको छ । त्यो विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनले प्रमाणीत गरेको छ । वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन उस्साहजनक अवस्थामा ग्रज्रिएकाे छैन । कम्युनिष्ट आल्दोल विशेष गरेर जितको अन्तीम विन्दुमा पुगेर नेतृवमा देखा परेको वैचारीक विचलन र नेतृवको आत्मसमर्पणले गर्दा सहमतिमा गएर विर्सजन भएको छ ।
नेपालमा निरुङ्कुस तानासाहा राज्यसत्ताको विरुद्ध विभीन्न समयमा आन्दोलन हुने गरेका छन्। त्यस्तै २०१७ साल तानाशाहा विरुद्धको आन्दोलन २०२८ सालको झापा आन्दोल जसको नेतृत्व तत्कालिन माले अहिलेका प्रधानमन्त्री के पी शर्मा ओलीले गर्नुभएको थीयो । त्यस्तै २०३६, साल २०४६ सालमा बहूदलिय ब्यवस्थाको प्राप्तीको लागी नेपाली कांग्रेशको नेतृवमा पन्च्यात विरुद्ध बाम राजनैतिक दलहरुले संयूक्त आन्दोल गरीएको थियो । त्यस आन्दोलन मार्फत संमवैधानिक राजतन्त्र सहीतको बहुदलिए ब्यवस्था स्थापना भयो । निरुकुस राजतन्त्र सहितको बहुदलिय व्यवस्थाले आन्दोलमा उठाएका जनताका जनजिविकाका समस्या हल गर्नको साटो जनतामाथि निरंकुश सैलि हावी हुदै गयो । तत्कालीन नेपाली कांग्रेशका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन जनमोर्चाका तर्फबाट बावुराम भट्टराईको नेतृवमा ४० बुद्दे मागपत्र बुझाएको थियो । तत्कालनि देउवा सरकारले माग सुनाइ नगरेपछी । २०५२ साल फागुन १ प्रचण्डको नेतृवमा महान जनयुद्ध शुरु भयो । ग्रामीण क्षेत्रबाट शुरु गरीएको जनयुद्ध शहर केन्द्रीत हुदै थियो आम नेपाली जनता किसान, मजदुर,दलित , महिला जनजाती ,आदीबासी आम उत्पीडन जनता आँफ्नो मुक्ती र अधिकारको लागी खुखी र हौसलाको साथ टाउकोमा रातो कप्पन बाँदेर युद्धको मैदानमा होमीएका थिए । आधार इलाका र ग्रामीण क्षेत्रमा माओबादीले जनसत्ताको अभ्यास गरेको थियो । जहाँ जनसत्ता छ त्यहाका जनता न्याय माग्न जनअदालत जान्थ्ये जनअदालतले पिडीतलाइ न्याय दिने काम गथ्र्यो त्यहा यस्तो समाजको विकास हुदै थियो जहां हामिले बैज्ञानिक समाजबादको कुरा गरेका छौ । भ्रष्टचार, कालोबजारी,चोरी ,जातीय, छुवाछुत, बलत्तकार , महीला हिंसा जस्ता घटना एकदम कम हुदै गएका थिएर यदी भएपनि जनसरकारले त्यस्ता ब्यक्तीलाइ छिटै काबार्ही गर्ने गथ्र्यो । माओबादी आन्दोलनले उग्ररुप लिदै गर्दा आन्दोल देखी आतीएर त्यतिवेलाका तत्कालीन कांग्रेश एमालेका नेताहरु गाउँ देखी भागेर शहर केन्द्रीत भएका थिए गाउंको सुचना राज्यलाई दिने र माओबादी बिरुद्ध सुराखी सम्म गरे त्तकालीन देउवा सरकारले माओबादी नेताहरुको टाउकाको मुल्य तोकेको थियो । जसले माओबादीको टाउको लिएर आउछ झोलाभरी र्पैसा लगेर जान्छ भन्ने र्निणयले झन माओबादी आन्दोलनलाइ शक्ती पैदा गरेको थियो । २०५८ माघ १९ मा तत्तकालीन राजा ज्ञानेन्द्र शाहाले कु गरेपछि सरकार र सत्तामा रहेका काग्रेश एमालेहरु अतालिएर अन्तत सयुक्त जनआन्दोलनमा सहभागी हुने सहमति जनाएका थीए ।यति मात्र होइन की एमालेका युवराज ज्ञावाली र कांग्रेसका कृष्ण सिटौला रोल्पा पुगेका थिए माओबादी नेता भेट्न रोल्पाको ३ बुदे सहमति र दील्लीमा भएको तत्कालीन माओबादी र तत्कालीन सातदल विच १२ बुदे सहमति भएको थियो । त्यही सहमतिको आधारमा ०६२/०६३ मा संयक्त १९ दिने जनआन्दोल भयो र निरुङकुस राजतन्त्रको अन्त्य भयो । देशमा गणतन्त्र स्थापना भयो । तत्तकालीन गीर्जाको सरकारले २०६४चैत २८ गते संविधानसभाको पहिलो निबार्चन गरायो । नेपाल कम्युट पाटी माओबादीले बहुमत ल्याएर बिजय भयो । संविधानसभाको पहिलो बैठकबाट पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए । नेकपा एमाले र माओबादीको संयुक्त सरकार बनेको थियो । पसुपतिनाथको पुजारी हाटाउने विषय र रुकमान कटुवाल प्रकरणमा एमालेहरुले प्रचडलाइ सहयोग नगर्दा ९ महिना कार्यकालमानै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । दील्लीमा तत्तकालीन माओबादी र सात राजनितक पाटी बिच जुन सहमति भएको थियो त्यो सहमतिबाट राजनितिक दलहरु अगाडी बढ्नुको साटो पछाडी फर्कीयो पहिलो संविधानसभा नै विगठन गरीयो । प्रचण्ड बाबुरामले कांग्रेस एमाले संगको सहमतिको नाममा जनअदालत ,जनसत्ता ,जनसेना सवै विगठन गरेर प्रतिक्रीयाबादी संग घुडा टेकेर हतीयारहरु सवै राज्यलाई बुझाएर जो महान देशमा आमुल परिवर्तन गर्न महान उदेश्य लिएका जनमुक्ती सेनालाइ रुदै घर फकाइयो । त्यही प्रचड बाबुरामको देश जनतामाथिको धोका र गद्धारीको कारणले नेकपा माओबादी पाटीनै विगठन हुन पुग्यो ।
पाटी फुट पछि प्रचण्डहरु पाटी विभाजनको कारण खोज्न लागेन बरु ती हीजो प्रचण्डले नै भन्ने गरेको गद्दार र दलाल माफीयाहरु संग मिलेर जनताको विरोधको बाबजुत संधिानको नाममा नौटंकी सविधान घोषणा गरीयो । २०७४को स्थानिय तहको निर्वाचन पछि नेपालमा कम्युस्टको नाममा जनताले दुइ तिहाइ भोट दिएर कम्युस्टलाई बिजय बनाएको छ । हिजो एकले अर्कोलाई देख्न नसक्ने के.पी , प्रचण्ड पाटी एकता गरेर अध्यक्ष ,प्रधानमन्त्री भएर देश चलाएका छन । कम्युनिस्टले जितेपछि देशमा भ्रष्टचार,कालोबजारी, मंहगी, हत्या , बलात्कार ,महिला हिंसा र जातिय छुवाछुत, बेरोजगार र अन्त्य गर्नको साटो झन झन अपराधहरु बृद्धी भएका छन । जनयुद्ध जनआन्दोलमा महान बलिदान दिने शहीद बेपत्ता परीवारहरुको अवस्था पिडामा दैनिय छ । देशमा गणतन्त्र स्थापनको लागी र परिवर्तको लागी जिवन दिन तयार भएका युवा युवतिहरु आज खाडी मुलुको ५५ डिग्री घाममा पसिना बगाउन बाध्य छन । जनयुद्ध जनआनदोलनका घाइते आपांग आज अर्काको सहारामा कठिन जिबन विताएका छन ।देशको विकासको आर्थीक मेरुडण्ड जलस्रोत वनसम्पदाहरु कर्णाली,उपरकर्णाली ,बूढिगण्डकी र अरुण जस्ता जलविद्युत आयोजना विदेशी कम्पीनहरुलाइ बेचीएको छ । शिक्षालाइ प्राविधीक र व्यवहारीक बनाउनको सट्टा बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री भएका छन । विदेशी हस्तक्षेप तिव्ररुपमा भएका छन । कम्युनिस्टको सत्ता आए निशुल्क शिक्षा र स्वास्थ्य ,गासबासको ग्यारेन्टी हुन्छ भनेर भनिन्थीयो तर आज शीक्षा र स्वास्थ्यमा पनि विभेद गरीएको छ । सरकारी स्कुलमा गरीवका छोराछोरी पढ्छन भने निजि स्कुलमा हुनेखानेका छोराछोरी पढ्छन । सरकारी हस्पीलमा गरीबले एउटा टाउको दुखेको औषधी पाउदैन भने निजि हस्पीटलमा हुनेखाने मात्र उपचार गर्न पाउछन । यी सवै हुनको कारण राज्यको राष्ट्रीय कम्पनि भन्दा निजि कम्पनिहरुलाई प्रोत्साहान गर्ने नितिको कारण हो । दैनिक हजारौं युवाहारु विदेश पलायन भएका छन । युवाहरुलाइ स्वदेशमानै रोजगार दिने कुनै नितीकार्यक्र राज्यले बनाएको देखिदैन । सरकारको मुख्य पदमा रहेका जिम्मेवारी ब्यक्ती बाट खुलेआम भ्रष्टचार र कमीसनको बारर्गेनिङले कम्युनिस्ट सरकार र म भ्रष्टचार गर्दीन गरेको पनि देख्न सक्दीन भन्ने केपी ओलीको अस्ली चरीत्र पर्दाफास भएको छ । कार्यकर्ताहरु सरकारको गलत कार्यको भण्डाफोरको गर्नछोडेर भ्रष्टचार, अपाराधीहरु ढाकछोप गर्ने र नेतृवमा पुग्नको लागी नेताको चाकडी गर्ने प्रवितिले गर्दा कम्युनिस्ट आन्दोलन प्रति जनताको अविश्वास बढ्दै गएको छ ।
माओबादी आन्दोलको ठुलो हिस्सा प्रचण्ड बाबुरामले प्रतिक्रीया राज्यसत्ता संग आत्मसमर्पण गरेपछि २०६९ असार ४ गते मोहन बैद्य –किरणको नेतृवमा पाटी विभाजन भएको थियो। मोहन बैद्यको जनयुद्धको जगमा जनविद्रोहो अस्पस्ट कार्यदीशाले गर्दा पाटीमा अवसरबादी हावी भएको भन्दै विप्लवले एकृकित जनक्रान्तीको कार्यदिशा लिएर मोहन बैद्यबाट विभाजन गरेर नेपाल कम्युनिस्ट पाटी गठन गरीएको छ । विप्लव पाटीले २०६४ पछिको सरकाले गराएका कुनै पनि निर्बाचनमा भाग लिएको छैन र कतिथ निर्बाचनको बिरोध गदै आएको छ । नेकपाले उठाएका राजनितिक एजेन्डा खासमा कम्युनिस्ट आन्दोलनले उठाएका एजेन्डा छन । जुन हिजो तत्कालीन एमाले र तत्कालीन माओबादीले उठाउका थिए । महान जनयुद्ध र जनआन्दोल पछि राजतन्त्रको अन्त्य गणतन्त्र र धर्मनिपेक्ष संघियात जस्ता माग पुरा भएपनी आम जनताले गणतन्त्र अनुभुती गर्न पाएका छैनन । आज देशमा कम्युनिस्टको बहुमतको सरकार हुदा पनि हिजो केपी प्रचण्डले नै उठाएका एजेण्डा पुरा नहुनु र जनताले झन भोकमारी हत्या, हिंसा बलात्कार, भ्रष्टचार ,कालोबजारी महंगीले जनताको ढाड सेक्नु विडम्बना हो । यी आम नेपाली जनताको पुर्ण अधिकारको लागी आवाज उठाउनु जनताको पुर्ण अधिकारको कुरा हो । संविधान २०७२ मा राजनितीक दल खोल्न पाउने अधिकार र जनतामा आफ्ना कुरा राख्न पाउने अधिकार मौलिक हकमा उल्लेख छ । जनताकाे अधिकाकरकै लागि हाल विप्लवकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले संघर्ष गरिरहेकेा छ । तर उसमाथि प्रतिवन्ध लगाएर सयाै नेता कार्कर्तालाइ हिरासत तथा जेलमा राखिएकाे छ ।
सरकारले नेकपाकाे जनसमर्थन देखि अतालिएर पार्टी विरुद्ध प्रतिवन्ध लगाएको छ। झन्डै उसका १५सय नेता कार्यकर्तालाइ झुटा मुद्दा लगाएर जेल हाल्ले याताना दिने कार्य गरेको छ । राज्यले आफैले बनाएको संविधानको धज्जी उडाएको छ ।अदालतले दोसी छैन भनेर रीहाइ गर्ने र पुलिसले गेटबाट नै समात्नु भनेको लोकतान्त्रीक गणतनत्रको खिल्ली उडाउनु हो । नेकपाले पहिला भ्रष्टचारका कुरा उठाउदा प्रतिवन्ध लगाने सरकारले पछिल्लो समय सरकारमा रहेका मन्त्रीहरुबाट नै विभीन्न काण्ड एन सिल प्रकरण,३३ केजी सुन काण्ड,फोरजि काण्ड,बाइबडी,काण्ड, सेक्युरिटी पिन्टिपङ प्रेस खरीद ,तथा कोरोना रोग नियन्त्रणको लागी स्वास्थ्य सामाग्री खरिद जस्ता काण्डले सरकार जनताको होइन दलाल पुजिपती बर्गको हो । भन्ने कुरा विप्लव नेकपाले उठाएका माग जाहेज रहेछन भन्ने कुरा सरकारका कृयाकलापले पुष्टी गर्दछ । यदी मात्र होइन संसदीय ब्यवस्थामा नै प्रश्न चिन्न खडा भएको छ ।संसदीय ब्यवस्था भनेको खसिको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो भनेर भाषण गर्ने प्रचण्ड अहिले त्यही कुकुरको मासु बेच्ने ब्यापारीको साँची बसेका छन ।
यतिबेला विश्वभरी फैलिएको कोभीड १९ कोराना भाइरसले पुजिबादी ब्यवस्था र समाजबादी ब्यवस्थाको भिन्नता छुट्याही दीएको छ । आफुलाइ शक्तीशाली र पुजिपती भने देशहरु कोरोना भाइरस संग लड्न हम्मे हम्मे परेको छ । यदी नेपालमा पनि समयमा नै सरकार जिम्मेवारी भएर काम गरेन भन्ने अन्य देशहरु जस्तो क्षती ब्यहोरनु पर्ने हुन्छ ।सरकार कति जिम्मेवार छ भन्ने कुरा त धेरै लेखीराख्नु पर्देन कोराना भाइरसले निम्तयाको समस्याको हल कसरी गरेको छ भन्ने कुराले प्रस्ट हुन्छ । सिहदरबारमा बसेर पत्रकार सम्मेलन गरीरहंदा मजदुर हरु भोक भोकै यात्रा गरीरहेका छन विदेशमा कम्पनिहरु बन्द हुदां खान नपाएर अलपत्र परेका छन । गाउँ र बस्तीमा दैनिक मजदुर गरेर खानेहरु आज भोकले छटपटाएका छन । सरकारले दिने राहात प्रभावकारी रुपमा बांडीएको छैन बास्तविक पिडीतले रात पाएका छैनन । समाजमा राम्रो काम गर्ने र सत्य कुरा बोल्लेहरु लाइ आतंकारी भिल्ला लगाएर जेल हालिन्छ भ्रष्टचारीलाई फुलमाला लगाएर सिहदरबार र बालुवाटार राखिन्छ । एउटा कोरोना सम्बन्धी जनचेता जगाउने डाक्टरलाइ कार्बाही गरीन्छ । के यही गणतन्त्र यसैको लागी जनयुद्ध आन्दोलनमा हाजारौले ज्यान दिएका थिए के यही ब्यवस्थाको लागी कम्युनिस्टलाइ भोट दिएर जिताएका थिए ? यदी जनताको सरकार हो भने जनताको पक्षमा काम गर्ने हो भने आम नेपाली जनताको समस्या समाधान गरीयोस, जनतलाई सरकार भएको अनुभुति गरायोस । सरकाले दलाल पुजिपति भ्रष्टहरुको पक्षमा मात्र काम गर्ने हो भने विप्लव मात्र होइन विप्लव जस्ता लाखौं जन्मनेछन् र तिमीहरुको दलाल संसदीय ब्यवस्थाको अन्त्य गर्ने छन ।