विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छः परराष्ट्रमन्त्री

विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छः परराष्ट्रमन्त्री

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस ९कोभिड–१९० ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ९एनआरएन०का अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । मन्त्री ज्ञवालीले आज मन्त्रालयबाट विदेशस्थित ११ देशका एनआरएनका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गर्नुभयो ।
उहाँले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिनुभयो । “विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया शुरु गर्छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयोे, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सकरात्मक छ ।’
सरकारले कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने बताउँदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गर्नुभयोे । उहाँले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसाका साथ कोरोनाविरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायत काममा एनआरएनका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा एनआरएनसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको जानकारी पनि दिनुभयो ।
बैठकमा एनआरएन अन्तरराष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढ्ेको छ, लकडाउनका लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’
अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसंँग मिलेर काम गर्न संस्था तयार रहेको बताउनुभएको एनआरएन, कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

युरोप अमेरिकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताउँदै । पन्तले भन्नुभयो, ‘नेपाली श्रमिकका लागि नेपाल सरकारले पहल कदमी चाल्नुपर्छ ।’ संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारलाई विदेशमा रहेका नेपाली चिकित्सकको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले विदेशस्थित नेपाली कूटनीतिक नियोग, एनआरएन र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । एनआरएन, नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिम्खडाले वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले नेपाल सरकारका तर्फबाट पनि राहत कार्यक्रममा सहकार्यका लागि आग्रह गर्नुभयो ।
बैठकमा सहभागी एनआरएनका विभिन्न देशका अध्यक्षले विद्यार्थी, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायत विषयमा मन्त्रीसमक्ष आआफ्ना भनाइ राख्दै कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जान सक्ने भएकाले दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिनुभयो । बैठकमा एनआरएन बेलायत, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, संयुक्त अरब इमिरेट्स, फ्रान्स, दक्षिण कोरिया, साउदी अरबलगायत देशका अध्यक्षको सहभागिता थियो । बैठकमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको पनि उपस्थिति थियो ।
(((

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी