एजेन्सी बैशाख ७ । विश्वभरी फैलिएको कोरोना महामारीको बेला भाईरस विरुद्ध लडिरहेका विश्वभरका चिकित्सकहरुको सम्मानमा विश्वका एक सय चर्चित कलाकारले अनलाईन कन्सर्ट गरेका छन् ।
वन वल्र्ड, स्टे होमको नारा दिएर उनीहरुले कन्सर्ट गरेका हुन् ।
ती कलाकारहरुले आफ्नो आफ्नो घरैमा रहेर गीत गुन्जाएका थिए जसलाई ईन्टरनेटबाट प्रशारण गरिएको थियो ।
अमेजन भिडियो, फेसबुक, ट्वीटर, ईन्सटाग्राम,युट्युब आदिमा पनि प्रशारण गरिएको थियो ।
महामारीसगँ जुध्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग पुर्याउन यस कार्यक्रमको आयोजना गरिएको थियो ।
विश्व स्वास्थ्य संगठन, चर्चित गायिका लेडी गागा र ग्लोबल सिटिजनको पहलमा उक्त कार्यक्रम भएको थियो ।
गायिका लेडीले यो कार्यक्रमको उदेश्य चन्दा संकलन मात्र नभएर विश्वभर लडिरहेका स्वास्थ्यकर्मीहरुको काममा संसारभरी सम्मान प्रकट गर्नु रहेको बताईन् ।
गायिका एनी लेनक्सले विश्व स्वास्थ्य संगठनलाई दिईदै आएको सहयोग अमेरीकाले रोकेकाले भविष्यमा स्वास्थ्य संकटसगँ जुध्नका लागि यसलाई मजबुत पार्न जरुरी रहेको बताईन् ।
गायक रीता ओराले विश्व स्वास्थ्य संगठनले दिएको सल्लाह मान्नु पर्ने बताए ।
अमेरीकी गायिका एन्ड्रा डे, जामिला जमिल,भारतीय गायक बिशाल मिश्रा,प्युर्टो रिकोका गायक लुई फोन्सी,बैंक द किलर्र्स,गायक सैरिल क्रो,एडम लेम्बर्ड सहित चीर परिचित हस्तीहरुले यस कन्सर्टमा सहभागीता जनाए ।
