नेपाल आयल निगमले चैत ३० गतेदेखि भरी सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ ।
खाना पकाउने ग्यासको अभाव घटेपछि निगम व्यवस्थापनले पुनः १४.२ किलो सिलिन्डरको ग्यास बिक्री गर्न ग्यास उद्योगीलाई निर्देशन दिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
भरी सिलिन्डरको ग्यास भने ३ दिन पश्चात मात्रै बिक्री गर्न पाइने छ । ‘बजारमा ग्यासको समस्या छैन । अभाव हटेपछि पुनः १४.२ किलोको रिफिल गर्न ग्यास उद्योगीलाई निर्देशन दिएकाे निगमले जनाएकाे छ ।
लकडाउन शुरू भएपछि केही समय बजारमा अभाव देखिएपछि निगमले डेढ सातादेखि अाधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो ।
डिलररबिक्रेताले एक परिवारलाई एक महिनामा एउटा सिलिन्डर मात्रै बिक्री गर्न पाउने प्रवक्ता उपाध्यायले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline