एजेन्सी चैत्र २५ । संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोनाले बेलायतका कार्यकारी प्रमुख प्रधानमन्त्री बोरिस जोनसोन पनि सिकिस्त भएका छन् भने राजकुमार चाल्र्स पनि संक्रमित छन् । ५३ हजार संक्रमित नाघेको छ भने ५ हजार बढीको मृत्यु भएको छ ।
यो यही संकटका बेला बेलायतमा अघिल्लो बर्षकी मिस ब्रिटेनले डाक्टरको रुपमा आफ्नो पेशा शुरु गरेकी छन् । उनी चिकित्सा शास्त्र पढेकी विद्यार्थी हुदा हुदै बेलायतको मिस प्रतियोगीताको ताज पहिरन सफल भएकी थिईन् । त्यस पछि उनले चिकित्सक पेशा रोकेर समाजसेवाको काममा लागेकी थिईन् ।
२४ बर्षीया उनी च्यारीटी वर्कका रुपमा बाहिर काम गर्दै आएकी थिईन् । तर महामारी फैलन थाले पछि बेलायतमा फर्किएर सुन्दरी भाषा मुखर्जीले डाक्टरको रुपमा काम शुरु गरे पछि उनको प्रससा भईरहेको छ । उनले विभिन्न च्यारीटीहरुको एम्बेस्डर रहे पनि आउदो अगष्ट सम्म चिकित्सकको रुपमा काम गर्ने जनाईन् ।
मलाई अफ्रीका, टर्की, भारत , पाकिस्तान लगायत धेरै एशियाली देशमा बोलाईएको थियो , तर कोरोनाको महामरीका बेला मैले बेलायत फर्किएर चिकित्सा पेशा फेरी शुरु गर्ने निधो गरे मुखर्जीले भनिन् । उनी ९ बर्षको उमेरमा भारतको कोलकत्ताबाट बेलायतको डर्बीमा गएकी थिईन् र मिस बेलायतको ताज पहिरन सफल भएकी थिईन् ।
