कमरेडहरु हाम्रा उद्वेश्य एउटै,
हाम्रा नारा र एजेन्डा एउटै,
हाम्रो चुनाव चिन्ह एउटै,
अनि हाम्रो वर्ग र जात पनि एउटै,
हाम्रो यात्राको अन्तिम बिन्दु पनि एउटै।
पार्टिभित्र त कमरेडहरु !!
हामिले गुट स्विकार गर्यौ,
हामिले चुनाव स्वीकार गर्यौ,
हामिले आन्तरिक प्रतिस्पर्धा पनि स्विकार्यौ।
सबै मिलेर,,
चुहिएका छाना टाल्नुपर्छ भन्यौं ,
अबिस्वासको पर्खाल ढाल्नुपर्छ भन्यौं,
जनतालाई आस्वासन दिलायौं,
घोषणा पत्र हात हातमा पुर्यायौं।
किन एकले अर्कालाई प्रत्तिस्पर्धामै सकाउदै छौँ ,
अहिले गाउँ बस्तिका साना नानिहरुले
वृद्ध बा र आमाहरुले
पोषणयुक्त खाना खान पाउनुभएको छैन,
कत्तिलाई त कोरोनाबाट कसरी बच्ने नै थाहा छैन,,
हामी त ति असहायका निम्ति
सारथि बन्नुपर्ने,,
आवस्यक पिपिईको जोहो गरेर
स्वयम् सेवक बन्नुपर्ने,
मैदानमा उत्रिनुपर्ने,
अहिले नगरे कहिले गर्ने ?
हामिले नगरे कस्ले गर्ने, ?
हरेक नागरिकको प्रश्न यहि छ,
हरेक जनताहरु आशाको नजर यतै लगाउदै छन
हामितिरै हेरेर सहानुभूति माग्दैछन,
तर हामीले ध्यान भङ्ग गर्न खोजेकै छैनौं
हामी त आफै आफै लड्न ब्यस्त छौ,,
न हामिलाई समाजबाद सम्म यात्रा गर्नुपर्ने चिन्ता छ,
न जनतालाई दिएको वचन पूरा गर्ने चिन्ता छ,
अब आँखा खोल्नुहोस कमरेडहरु,
हामी डायनामिक बनौं,
निर्वाचन मुखी होईन
जनतामुखी बनौं।