जनकलाकार ढकाल, जसले अल्पायुमै गुमाईन ज्यान

जनकलाकार ढकाल, जसले अल्पायुमै गुमाईन ज्यान

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पोखरा चैत्र १९ । लामो समय गण्डक क्षेत्रको हरेक पाखा पखेरा, गाउँटोल र बस्तीबस्तीमा पुगेर राज्यसत्ताले गरेका दमन र शोषणका बिरुद्ध नाच्दै र गाउदै जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको अल्पआयुमै निधन भएको छ।

पक्षघात र मानसिक रोगलेग्रस्त उनको काठमाण्डौमा उपचार हुँदै गर्दा निधन भएको हो। उनी बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित चुनु शिल्पा सास्कृतिक परिवार गण्डककी सदस्य पनि थिइन। उनले बिद्रोही ने।क।पा।ले संचालन गरेका विभिन्न अभियानका क्रममा गाउँघर, टोलटोल र भिरपखेरामा पुग्दा चुनु शिल्पा सास्कृतिक परिवार गण्डकका सदस्यका हैसियतले नाच्दै र गाउँदै जनता जगाउने कार्य गरेकी थिइन्।
लामो समयदेखि रोगले थलिएकी उनी र उनका परिबार आफ्नो उपचार गर्न पोखरा महानगरपालिका वडा नम्बर १५ नयाबस्तीमा रहेको घर बेचेर धादिङ्गस्थित पुर्ख्यौली थलोमा फर्किएको थियो। लामो समयदेखि अस्पतालमा उपचार हुँदाहुँदै उनको निधन भएको जानकारी उनका ससुरा प्रकाश लामाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

जनकलाकार अम्बिका ढकाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी