काईला दाईको चुलो बलेन रे,
साईली दिदिको पनि त्यस्तै दशा छ रे,
हेर त साथी विश्व दुखिरहेको छ,
मानिसहरु मरिरहेका छन,
कोभिड 19 को सिकार बनिरहेका छन,
सबै देशका सरकार आआफ्ना देशबासिको सुरक्षा गर्न,
संकट कम गर्न लागिपरेकै छन,
यस्तैमा हाम्रो मुलुक नेपाल
देशबासिलाई घरबित्रै बस्न आह्वान गरेको छ,
हुनेखान्र पुजिपती बर्गहरु त
सन्चित अन्न बालिले बाच्लान
तर
दिनभरी श्रम गरेर बेलुका खाने,
ज्यालादारी गर्न पुजिपतिको मा जाने,
साच्चिकै हुदा खानेहरु के गर्लान,?
कत्तिलाई त महामारी भन्ने नै थाहा छैन,
लकडाउनमा पनि निर्बाध डुलिरहनेहरु,
10 रुपैयाँको मार्क्स किन्न नसक्नेहरु,
सेनिटाईजर सुन्दै नसुनेकाहरु के गर्लान् ?
हामी आफुलाई मुलुकका सचेत नागरिक भन्छौं,
बर्गिय बिचारधारा पछ्याउँदै हिड्न चाहन्छौ,
तरपनी महामारीको सिकार हुदा खाने नै बन्छन,
महामारी बाजा बजाएर आउदैन,
भाईरसहरु उत्पादन भैरहन्छन,
त्यसैमध्य कोरोना भाईरस ,
आतंककारी बनेर आएको छ,
न कुनै बार्ताबाट रोकिन्छ
न कुनै बिबिध बुदे सम्झौताबाट,
सरकारले तैयारी नगरेको होईन,
जहाँ छौ त्यही बस भनेकै छ,
हामी सबै बसेकै पनि छौ,
अन्न हुनेले घरमा जे छ त्यही पकाएर खाएकै छन,
बिचरा ती निमुखा श्रमजीवीहरुको
हिजैदेखी चुल्होमा आगो बलेको छैन रे,
दिउँसो ज्यालामजदुरी गरिगरी
बेलुकी ३ किलो चामल किनेर ल्याउने साईला दाईको
काम पनि रोकियो रे माम पनि रोकियो रे,
बल्ल बल्ल ऋण खोजेर कुखुरा पालेकी सीता दिदिको
दाना नपाएर कुखुरा मर्दैछन रे ,
सरकारले नि के गर्न सक्नु छ र यो संकटमा,
विश्व नै आक्रान्त छ
चारैतिर रुवाबासी छ,,
बिचरा गरिबलाई
लकडाउन गरे खान नपाएर मर्नुपर्ने भयो,
लकडाउन नगरे रोग लाएर मर्नुपर्ने भयो ।