फ्लाइट तीन पटक रद्द भएपछि अमेरिकामा फसिन् बलिउड नायिका सौन्दर्या, भन्छिन्, ‘मसँग मास्क समेत छैन, ’

फ्लाइट तीन पटक रद्द भएपछि अमेरिकामा फसिन् बलिउड नायिका सौन्दर्या, भन्छिन्, ‘मसँग मास्क समेत छैन, ’

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी, १२ चैत । कोरोना भाइरसको संक्रमण फैलीएपछि अमेरीकामा रहेकी बलिउड नायिका सौन्दर्या अमेरीकामा अलपत्र परकी छन् । उनले स्वेदश फर्कने तीन वटा फ्लाईट रद्ध भए पछि आफूसगँ मास्क समेत नभएको भन्दै चिन्ता जनाएकी छन् ।
महामारीबीच ‘रांची डायरीज (२०१७)’ र ‘मेरठिया ग्याङ्गस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जल्समा फसेकी हुन् ।
उनी त्यहाँ पढ्न गएकी थिइन् । कोरोना भाइरसका कारण त्यहाँका कलेज बन्द भएका छन् । साथै अनलाइन कक्षा पनि रोकिएका छन् । सौन्दर्याले भारत फर्कने कोसिस गर्दा तीन पटक फ्लाइट रद्द भएको जानकारी दिइन् ।
पसल बस्ने ठाँउबाट टाढा रहेको त्यसमा पनि खाली भएको र सामान पाउन छाडिएको भन्दै चिन्ता व्यक्त गरिन् ।
मैले टोइलेट पेपर र स्यानिटाइजरका लागि मानिसबीच झगडा भएको देखेकी छु । उनले भनिन् । दुतावासले समेत कुनै पहल गर्ला कि भनेर ईमेल र फोन गरेँ तर कुनै रेस्पोन्स आएन , उनको गुनासो छ ।
निवासमै आईसोलेसनमा बसेको र व्यस्त राख्न स्पेनिश भाषा सिकिरहेको उनको भनाई छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी