कतारले २० नेपाली फर्कायो, नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

कतारले २० नेपाली फर्कायो, नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं,  ४ चैत । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने कामदारलाई कतारले फिर्ता पठाइदिएको छ ।

दुई जना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वारेन्टाइनमा राखेको छ ।

कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइदैन् ।

त्यसबारे दूताबासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्रका अधिकारीले बताए ।

कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।

यता, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अध्यागमनले कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता(इन्ट्री रिफ्युज्ड) गरेको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी