डान्सिङ स्टारमा ऋषि धमलादेखि ज्योति मगरसम्म, बैशाख पहिलो साताबाट प्रशारण हुने 

डान्सिङ स्टारमा ऋषि धमलादेखि ज्योति मगरसम्म, बैशाख पहिलो साताबाट प्रशारण हुने 

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, ३ चैत । पत्रकार ऋषि धमला, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगरदेखि, अभिनेता अनुपविक्रम शाहीसम्म अब आपसी नृत्य प्रतियोगितामा उत्रने भएका छन् । बीबीसी स्टुडियोमो फम्र्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाली संस्करण ‘डान्सिङ विथ स्टार नेपाल’ मा यी सेलिब्रेटीको नृत्य हेर्न पाइनेछ ।

आइतबार राजधानीमा एक समारोहबीच यो कार्यक्रमको घोषणा गरिएको छ । यो प्रतियोगिताको निर्णायकमा गौरी मल्ल, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईलाई पनि कार्यक्रममा सार्वजनिक गरियो ।  बाँकी एक निर्णायक चाँडै सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ । कार्यक्रमलाई हिमालय टेलिभिजनले उत्पादन तथा प्रशारण गर्नेछ ।

बैशाखको पहिलो साताबाट कार्यक्रम प्रशारण हुने आयोजकले जनाएको छ । बेलायत, अमेरिका, अष्ट्रेलियासहित डान्सिङ विथ स्टारको संस्करण विश्वका ६० बढी मुलुकमा प्रशारण भइरहेको छ । भारतमा यो रियालिटी सो ‘झलक दिखलाजा’ को नाममा प्रशारण हुँदै आइरहेको छ । राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी