एजेन्सी, २ चैत । विश्वब्यापि महामारीकाे रूप लिएकाे काेराेना भाइरसले भारतीय फिल्म इन्डस्ट्रिमा समेत असर गरेकेा छ । काेराेनाकाे त्रासबाट फिल्म टेक्नीसियनलाइ बचाउन का लागि फिल्म इन्डस्ट्री काे सबै संगठनकाे बैठकले फिल्म र टीवी शो काे शूटिङ ३१ मार्च सम्म बन्द गर्ने निर्णय गरेकेा छ ।
साथै बलिउडमा लकडाउनकाे घोषणा पनि गरिएकाे छ । बैठकमा फेडरेशन ऑफ वेस्टर्न इंडिया सिने एम्पलाइज (एफडब्ल्यूआईसीई), इंडियन मोशन पिक्चर्स प्रोड्यूसर एसोसिएशन (आईएमपीपीए), वेस्टर्न इंडिया फिल्म प्रोड्यूसर एसोसिएशन (डब्ल्यूआईएफपीए), आईएफपीटीसी र गिल्डका सदस्य सहभागि थिए ।
बैठकले १९ मार्च देखि सबै फिल्म र टीवी शो काे शूटिङ बन्द गर्ने निर्णय गरेकेा हाे । उक्त प्रतिवन्ध ३१ मार्च सम्म रहनेछ । फिल्म निर्मातालाइ देश या बिदेश जहाँ हाल सुटिङ भइरहेेका छ उक्त सुटिङ बन्द गरि सबैलाइ फिर्ता बाेलाउन पनि बैठकले भनेकाे छ ।

बैठकमा अल इंडिया फिल्म एम्प्लाइज कन्फेडेरेशनकाे नेशनल प्रेसिडेंट र फेडरेशन अफ वेस्टर्न इडिन्या सिने एम्पलाइजका जनरल सेक्रेटरी अशोक दुबे, फेडरेशनका मुख्य सल्लाहकार र डाइरेक्टर एसोसिएशन का अशोक पंडित तथा इंपाका प्रेसिडेन्ट टीपी अग्रवाल , एक्जीक्यूटिव मेम्बर अभय सिन्हा, वेस्टर्न इंडिया फिल्म प्रोड्यूसर एसोसिएशनका प्रेसिडेंट संग्राम शिर्के, आईएफपीटीसीका जेडी मजीठिया, निर्माता टीनू वर्मा, प्रदीप सिंह तथा गिल्डका पदाधिकारी पनि सहभागी थिए ।
यसैबीच मार्च ३० मा पुन बैठक बस्ने र थप निर्णय गरिने पनि बताइएकाे छ । फेडेरेशन अफ वेस्टर्न इंडिया सिने एम्पलाइजमा पाँच लाख बढी सदस्य छन् । बैठकमा निर्मातालाइ काेराेना भाइरसबाट बचाउनका लागि सुटिङ स्थलमा बिभिन्न उपाय अपनाउने र सुरक्षीत गरिने पनि जनाइएकाे छ । माक्स अनिवार्य र सेनेटाइजरकाे व्यवस्था गर्न पनि अाग्रह गरिएकाे छ ।
अब पुनः सुटिङ कहिलेबाट सुरू गर्ने भन्ने निर्णय दाेस्राे बैठकले गर्ने छ ।