काठमाडाैं, २ चैत।
पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाकाे डिभोर्स हुने भएकाे छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो ।
अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् ।उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।
अब म भन्छु ‘नाे’ ।’उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’
यस्ताे छ उनकाे स्टाटस्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline