यौनकर्मीको उजुरीः उसले म सँग दुई पटक यौन सम्बन्ध राखेर पैसा दिएन, दिलाईदिनु पर्यो

यौनकर्मीको उजुरीः उसले म सँग दुई पटक यौन सम्बन्ध राखेर पैसा दिएन, दिलाईदिनु पर्यो

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

हामीले रोल्पाको नुवागाँउको बाह्रकुन्टेको बाटो काटी सक्दा बाटोमा एउटा जवान केटीसगँ भेट भयो । उनले अचम्मको उजुरी गरिन् , उनले यसरी उजुरी व्यक्त गरिन्, सर ! मलाई…..ले ( स्थानीय एक युवाले ) दुई पटक यौन सम्पर्क राखेर पैसा दिएन , दिलाई दिनु पर्यो ।
अनयासै यस्तो उजुरीले हामी अक्क न बक्क भयौँ । रिसायौं । गाली पनि गर्यौं । तर मुद्धा भने पन्छाउन सकिने स्थिति थिएन । मुद्धा नसुन्दा माओवादीले केही गर्न नसकेको प्रचार हुने सुनौं अनावस्यक झन्झटमा फसिने । अन्ततः मुद्धा सुनियो उनको बयान पनि लिईयो ।
ती केटीको बारेमा बुझ्दा तीनी त्यहीँकी बादीकी छोरी रहिछन् । छिमेकी जिल्ला सल्यानमा बिहे गरेकी रहिछन् । बाध्यताले गर्दा पुरुषहरु माछा मारेर बेच्ने र महिलाहरु देह बेच्ने गर्दा रहेछन् ।
केही समय पछि योजना बनाएर आरोपित युवकलाई साथीहरुले गिराफ्तार गर्नु भयो । बयान पनि लिनु भयो । केहीबेरको केरकार पछि कुरो साँचो ठहरियो । तर केस कसरी हल गर्ने ? विषय गंभीर थियो । त्यस्तो मुद्धा हल गरेको नजिर पनि हामीसगँ थिएन । त्यसपछि हामीबीच छलफल भयो , बेस्यालाई पैसा दिलाउदा सामाजिक विकृतिलाई प्रोत्साहन गरे जस्तो, नदिलाँउ केटाले केटीलाई शोषण गरेको अन्याय हुने । सामाजिक मर्यादा एक ठाँउमा भए पनि खाने कुराको अभाव र दीनहिनताको अभावमा केटीको बाध्यता पनि थियो । सही समाधान दिने स्थिति हाम्रो भएन ।
साथीहरुले शुरुमा केटीलाई श्रीमति बना भनेर केटालाई दवाव दिनु भयो तर केटोले मानेन । त्यसो भए पछि हामीले आम गाँउका जनतालाई भेला गरेर परामर्श लिएर केटाले केटीलाई अंश दिनु पर्ने र त्यसलाई नगदीकरण गर्ने । केटी त्यो अंशको नगद लिएर गए पछि जिल्ला फर्कन नपाउने , फर्किएमा भौतिक कार्बाही गर्ने , केटाले जनताको बीचमा पश्चाताप गर्ने र आगामी दिनमा फेरी त्यस्तो गरे शसक्त कार्बाही गर्ने । त्यसरी यो मुद्धा तत्कालका लागि हल गरियो ।
राजनीतिक जीवन सबै भन्दा विविध अनूभूतिले भरिएको हुँदो रहेछ । समाजको जटिल मुद्धादेखि घिनलाग्दा मुद्धाहरु समेत हल गर्नु पर्ने रहेछ । त्यस्तै प्रसंगको सम्झना आउछ – बेश्याको मुद्धा ।
–जनमुक्ति सेनाका पूर्व योद्धा श्याम कुमार बुढामगर (चिन्तन)द्धारा लिखित ती आधीँमय दिनहरु नामक संस्मरणात्मक पुस्तकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी