लेखक भण्डारीको ८४ बर्षको उमेरमा निधन

लेखक भण्डारीको ८४ बर्षको उमेरमा निधन

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौं चैत्र १ । लेखक तथा प्राध्यापक डिपी भण्डारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
५ वर्षदेखि उनी ‘पार्किन्सन’को समस्याबाट थलिएका थिए । शनिबार बिहान ११ बजे तिर उपचारको क्रममा निधन भएको पारीवारीक स्रोतले जनाएको छ । भण्डारीका दुई छोरा डा. शरद र शैलेस भण्डारी छन् ।

डोटीको निरोली गाउँमा जन्मिएका भण्डारी पुरानो बानेश्वरस्थित आफ्नै निवासमा रहँदैआएका थिए । भण्डारीकी पत्नी श्री भण्डारीको भने ५ वर्षअघि नै निधन भइसकेको थियो । लामो समय अंग्रेजी विषयको प्राध्यापन र लेखनमा सक्रिय रहेका भण्डारीका ‘मृगस्थली’, ‘रोटी र फूल’, ‘त्यो धर्ती त्यो आकाश’ ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्ध संग्रह बजारमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी