तिम्रो प्रतिबन्ध बिरुद्ध

तिम्रो प्रतिबन्ध बिरुद्ध

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

उनिहरुले थुन्न खोजे
वेगवान नदिको धारलाई
उनिहरुले रोक्न खोजे
क्रान्तिमा हामफालेका
अनवरत योद्धाहरुलाई
र कैद गर्न खोजे
उनका कथित हिरासतमा
यो युगका स्पार्टाकसहरुलाई
उनिहरुले बिर्सिए
इतिहासको महान बिरासत
र रोक्न खोजे
प्रतिबन्धले क्रान्तिलाई
शासकहरु बहुलाए
अन्धो भए
र बर्साए लाठी बुट र गोलिहरु
तर रोकिएन हाम्रो
आश्थाको महान यात्रा
मारिए पनि कुमार निरकुमार
तिर्थ घिमिरे र महानहरु
कैद हुदा पनि
वैरीका झ्यालखाना
सुदर्शन माईला उमा र बन्धुहरु
डगमगाएन हाम्रो मुक्तिको ध्वजा
र रक्षानमा फालियो
प्रतिबन्धको एक थान फर्मान
र जलाईयो हाम्रो बिरुद्ध
जारी पक्राउ पुर्जीहरु
तिमीले यो बुझ
हामी तिम्रो हर आतंकलाई
बुझेरै हिडेकाछौं
तिम्रो हर सकुनी चालसंग
एक एक परिचितछौं
हामीले जीवनका गीतहरु गाउदा
तिमीले मृत्युको भय देखाउछौं
जेल नेल र हत्कडी
हाम्रो लागि फिका मात्र फिका हुन्छ
हामी त मृत्युुमा पनि जीवन देखेर
लडिरहेका छौ भिडिरहने छौँ
आतंककारी नै सहि
हामी जुधिरहन्छौ
तिम्रो कथित प्रतिबन्ध संग

-आरोह नेपाली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी