फागुण २४ काठमाण्डौं । चितवन खैरहनी नगरपालिकास्थित राजीवराज राजभण्डारीका नाममा रहेको मर्कन्टायलको ८४ बिघा जग्गामा रहेको मर्कनटायलको कार्यालयमा शुक्रबार राति बम विस्फोट भएको छ । बम विष्फोट पछि नेपाल कम्युनिस्ट पार्टीले उक्त कार्यालय र जग्गा कब्जा गरेको एउटा पर्चा मार्फत सार्वजनिक गरेको छ ।
पर्चामा जनाइएअनुसार उक्त ८४ बिघा जग्गा जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कब्जामा थियो । काठमाडौँ निवासी सामन्त राजीवराज राजभण्डारीले सीधासाधा जनतालाई भ्रममा पारी सस्तो मूल्यमा जग्गा लिएर स्थानीय किसानहरुलाई सुकुमबासी बनाएका छन् । उनले त्यहाँ काम गर्ने किसान र श्रमिकलाई न्यून पारिश्रमिक दिएर श्रमको शोषण गर्दै आएको पर्चामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline