२४ फागुन, काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई विद्यालयले अवकास दिएको छ ।
काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका कर्माचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीको हात चिर्न लगाएकी थिइन् ।
राम्रो नम्बर नल्याउने विद्यार्थीहरुलाई बिहीबार बेञ्चमा उभ्याएर सिसाकल चिखार्ने ब्लेडले हात चिर्न लगाएको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकले दण्ड दिने कार्यलाईनिरुत्साहित गर्दै शिक्षकहरुबाट दण्डसहिथ शिक्षणको स्म्मान गर्दै सीतालक्ष्मीलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिने निर्णय गरेको प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline