बिना हातहतियार सभा सम्बेलन हिड्डुल गर्न पाउने ब्यबस्था नेपालको कानुनमा स्पष्ट पारेको छ । जति नै कुरा कानुनमा समावेश भए पनि यही कुरालाई लत्ताउने र कुठराघात गर्नेहरू ठुला भन्नेहरु नै अधिक छन् जब नेपाल नेपाल कम्युनिस्ट पार्टीले दलाल भ्रष्ट तस्करीविरुद्ध र दलाल संसदीय व्यवस्थाविरुद्ध आवाज निकाल्दै अर्को जनवादी क्रान्तिको उद्घोष गर्यो। अनि दलाल भ्रष्ट तस्करीको विरुद्धमा कार्वाही गर्दै करोडौँ राजस्व नतिरेकोलाई राजस्व तिरायो, तत्काल दलाल संसदीय व्यवस्थाको अदालतसँग टक्कर दिन अर्को नेपाल कम्युनिस्ट पार्टीको जनअदालतको घोषणा ग¥यो । यो देखेर दलाल राज्य व्यवस्थाले लुटेर खान पाए । नालायक अवसरवादीहरूले हाम्रो जनअदालतले गरेको कामलाई बन्द भएको आँखाले देख्न सकेन । यसकारण नेपालका सत्ता धारी नेताकार्यकर्ता नेपाल प्रहरी प्रशासन मिलि हामीलाई गिरफ्तार सुरु भयो । सुतिरहेको ओछ्यानबाट उठाइयो । गर्भवती महिलालाई प्रशासनले देख्न सकेन । पटकपटक नेपालका प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि गिद्दे नजरलाई रहिरयो ।
फागुन यक गते नेकपाको यक नेताले अपरिचित नम्बर बाट फोन गरे उहाँले साङकेतिक भासामा तपाईं सुन्धारा आउनु पर्यो भन्नू भयो मेरो पनि वीर हस्पिटल जान्ने काम थियो स्वास्थ चेक गर्न समय धेरै लाग्ने भएकोले म सुन्धारा तर्फ मोडिय आखिर तिहा बिपल्बले नेतृत्व गरेको प्रतिबन्धित नेकपाको जनयुद्ध दिबस मनाउने कार्यक्रम रहेछ मान्छे पनि धेरै नै थिय तर मनमा धेरै डर थियो डर हुदाहुदै म सुन्धारा मा नै यक्छिन बसे साथीहरूको पनि आवाज जावाज निकै बाल्लो हुँदै थियो केही साथीहरू सग भेट नि भयो तर कोहि सग सगै हिडन बोल्न मानेन्न सब कुरा आखाको इसाराले गरिन्थ्यो तर नेकपाको मान्छे भन्दा सयौं गुणा नेपाल प्रहरीले खटाएका ऋष्द्य पय मान्छे हरु थिय।
चिरञ्जीवी दाइ पनि तेहि सुन्धारा नीर देखा पर्नु भय। मैले मान्छेको भिड देखेर अब कार्यक्रम सुरु हुन लागेछ भन ठानेर म पनि चिरञ्जीवी दाइ सग सगै गय तर ती मान्छे हाम्रो नभै नेपाल सरकारका मान्छे रहेछ्न जो हामीलाई समात्न पठायका अखिल क्रान्तिकारीका विद्यार्थी नेता पनि प्रहरी फन्दामा झ्यापै परिहाल्नु भयो मेरो पनि मोबाइल हातमा नै थियो यसो फोटो खिच्न लागि हाले तेहि मौका छोपेर त नेकपाको नेता बिप्लबको जिल्ला इन्चार्ज भन्दै मलाई बिनाकारण नेपाल प्रहरी फोर्सले मलाई गिरफ्तार गरियो गाडीमा हालि हाल्यो मलाई कतैबाट आक्रमण नहोस् भनेर अगाडि–पछाडि मेरो सुरक्षामा नेपाल प्रहरी थियो ।
मैले भनेँ, सर किन मलाई पक्राउ गर्नुभएको रु मैले केही गल्ती गरेँ र सर १ सरले भन्नुभयो– गल्ती गरेको छैन, तपाईं नेपाल कम्युनिस्ट पार्टीको ठुलै मान्छे भन्ने खबर आयो । यसकारण हामीले तपाईंसँग नेपाल कम्युनिस्ट पार्टीको बारेमा बुझ्नका लागि हामीले समातेका हौँ, तपाईं नेपाल कम्युनिस्ट पार्टिको के हो रु कुन पद छ भन्नुभयो । मैले भनेँ– म नेपाल कम्युनिस्ट पार्टीको सामान्य समर्थन गर्ने मान्छे हँु । यसमा मेरो कुनै पद–पोस्ट नरहेको जानकारी गराएँ । अनि मलाई छोडिदिन पटक–पटक आग्रह गरेँ । मैले आफ्नो पारिवारिक समस्या दर्शाएँ । घरमा आमा– बुबा बिरामी हुनुहुन्छ मलाई छोडि दिनुहोस् भनेर आग्रह गरेँ ।
तर मेरो आग्रहलाई दलाल सत्ता र भत्ताको आडमा उभिएको नेपालका प्रहरी प्रशासन तताउँदै मलाई केही समय सोधपुछ गर्छौ तपाईं हाम्रो अपिसमा जानुपर्छ भन्दै मलाइ दरबार मार्ग तर्ब लगियो केही समय पछि मलाई इङस्पेटर सापले बयान लिन बोलाउनु भयो अलि असभ्य तरिकाले बोल्नु भो मैले यस्तो फोर शब्द नबोनुहोस न सर भन्दै थिय मेरो गालामा पाच झापाड हानियो धेरै थर्काउनु भो त्यहाँ मैले भनेँ– सर के मैले मान्छे मारेर आएँ रु मलाई कुट्नु भएको १ प्रहरीले अरु प्रहरीले नम्र हुँदै भन्नुभयो– के गर्ने भाइ, मान्छे नमारे पनि विप्लवका नेता तथा कार्यकर्ता गिरफ्तार गर्नू भनेको छ भन्दै मलाई हिरासतमा राख्न आदेश दिइयो। मलाई अभद्र सम्बन्धि मुद्दा दर्ता गरियो।
तिहा भित्र हामी तीन जना बाहेक नेकपाका नेताकार्यकर्ता कोहि थियन धेरै चिन्ता बढ्दै थियो केही दिन पछि विद्यार्थी नेता लाई नि तेहि ल्याइयो अलि खुसिको सास फेर्न पाइयो दाइ हामी सगै बस्नु भयकोले तेति गार्हो परेन।
मलाई बिनाकारण मेरो हातमा दोश्रोपटक हत्कडी सुनका बाला लगाइयो । मलाई प्रहरीको गाडीमा राखियो । मेरो परिचय सोध्न थालियो । मैले केही बोलिनँ । फेरि सोधपुछ गर्नुभयो । मलाई रिस उठेपछि मैले भनेँ– के म अपराधी र देश विखण्डनकारी हो र रु यसरी ल्याउनुभएको । राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज निकाल्दा भ्रष्टाचारको विरुद्धमा बोल्दा किन यस्तो यातना रु के भनेको थिएँ, उनीहरूले ममाथि नराम्रा अपशब्दहरू गर्नुभयो । यो त ठूलो नेता पो रहेछ । यसलाई दरो मुद्दा लगाउनुपर्छ, भन्नुभयो । मेरो आँखाबाट आँसुको धारा बग्न थाले । म रोएँ । कस्तो कानुन कस्तो प्रशासन रहेछ यो देशमा रु भ्रष्टाचार गर्नेलाई फूलमालाले स्वागत गरिन्छ, हातमा हत्कडी लगाइँदैन, खुलेआम दलालहरूलाई छोडिन्छन् । गल्ती नगर्ने बिनाकसुरका मान्छेलाई पनि एउटै यातना दिने यो देशको कस्तो कानुन भन्दै म रोएँ ।
तेही हिरासतमै दलालीकरण हुँदासम्म कानमा तेल हालेर बस्ने हाम्रो देशको कस्तो प्रशासन रु त्यति कुराको व्यवस्थापन गर्न नसक्ने अरू त कुरै छोडांै । यो देशको दलाललाई त चिन्ता नै छैन, बिना–कसुरका मान्छे पनि त्यही हिरासत कक्षमा भेटियो । कसैले गल्ती गरेका पनि थिए होलान् । कोही बिना–गल्ती पनि आएका थिए होलान् । तर, त्यो दलाल अदालतले त्यो छानबिन गर्न सकेन, न्याय त कताकता उल्टै पीडा र मानसिक यातना दिइरहे। यो देशको कानुन पूरै शासकवर्गले कब्जा ग¥यो । पीडित झन् पीडितको पीडित भए । यो राज्यव्यवस्थाले कसैको भलो गर्दैन । आम जनता एक भए भने दलाल न्यायलयमा आगो लगाउन अब कुनै आइतबार कुर्नुपर्दैन ।
नकुल चौलागाईं काभे काठमाडौ जनगणतान्त्रिक सम्पर्क मंचका पुर्ब सचिब हुन ।