शर्मा एण्ड शर्मा कम्पनीको जेसीभी स्काभेटर र स्करपियोमा आगजानी

शर्मा एण्ड शर्मा कम्पनीको जेसीभी स्काभेटर र स्करपियोमा आगजानी

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

कपिलवस्तु फागुन २२ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा गत राती भएको २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा स्कारपियोको आगजनीको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले लिएको छ । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको जेसिभी स्काभेटर र स्कारपियोमा आगलागी भएको थियो ।
आज एक विज्ञप्ति निकाल्दै विप्लव नेकपाले सो घटनाको जिम्मा लिएको हो । देशभर निर्माण जिम्मा लिएर गुणस्तरहिन काम गरेको, पार्टी बिरुद्ध सुराकी गरेको, जनताको खेतबालीमा मेसिन चलाएर नष्ट गरेको भन्दै सो आगजनी गरेको विज्ञप्तिमा जनाईएको छ ।
हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी आगजनी गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ