गोरखामा जनप्रतिनिधि बोकेको गाडी राति दुर्घटनाग्रस्त, वडा सचिवको मृत्यु ,गाँउपालिका उपाध्यक्ष सहित सात घाईते

गोरखामा जनप्रतिनिधि बोकेको गाडी राति दुर्घटनाग्रस्त, वडा सचिवको मृत्यु ,गाँउपालिका उपाध्यक्ष सहित सात घाईते

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा सहभागी हुन् गोर्खा जिल्लाको काशीगाउँतिर जाँदै गरेको जनप्रतिनिधिसहितको जिप गएराती दुर्घटना हुँदा एक वडा जना सचिबको घटनास्थलमा नै मृत्यु भएको छ भने धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन ।

गएराती आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।
सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये एक जना लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको मान्बु प्रहरीले जनाएको छ ।

उनीहरु काशीगाउँमा आजको कार्यक्रममा भाग लिन जाँदै थिए । काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचारस्थलसम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।
नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदासम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ