फागुण २१ ललितपुर । बलात्कारको अभियोगमा फरार रहेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन्।
बुधबार दिउँसो महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो।
२१ वर्षीया युवतीलाई चापागाउँस्थित प्रहरी कार्यालयमा जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा गत माघ २२ गते उजुरी परेको थियो।
एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ। त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline