बलात्कार आरोपमा सत्तारुढ नेकपाका सांसद रावल पक्राउ

बलात्कार आरोपमा सत्तारुढ नेकपाका सांसद रावल पक्राउ

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

फागुण २१ कैलाली । एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद अकल बहादुर रावल पक्राउ परेका छन् ।

कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २.क. बाट निर्वाचित नेकपाका प्रदेश सांसद रावल प्रहरी कार्यलयमा पुगेका बेला पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ । ती महिलाको उजुरी परे पछि प्रहरीले रावलको खोजी शुरु गरेको थियो ।

उनी प्रहरीमा उपस्थित भए लगत्तै प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।
उनलाई जबरजस्ती करणी प्रयास मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । गत माघ २१ गते उनले बलात्कारको कोशिस गरेको भनी उजुरी परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ