झापा फाल्गुन २१ । झापा अर्जुनधारा-११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द(३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ यसै गरी झापा अर्जुनधारा(६ का १८ बर्षीय रोशन गुरुङ र ईलाम तेनपा(२ का २० बर्षीय सन्तोष तामाङ रहेका छन ।
बिशेष सूचानका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline