झापा फागुण १९ । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरेको निधनप्रति ससदले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको ससदको बैठकमा सभामुख अग्नी सापकोटाले राखेको प्रस्ताव सदनले पारित गर्यो । साथै ससदमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
स्वर्गीय सभासद घिमिले भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भभेटिएका थिए । बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
झापाको मेचीनगर–१३ दुहागढी बस्ने घिमिरेले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए । उनको शब आज नेपाल ल्याईृएको छ । भारतीय प्रहरीले एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा मारिएको जनाएको छ । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।