फागुण २१ काठमाण्डौं । आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको मृगौला प्रत्यारोपण गरिदैछ । यसका लागि श्वास्थ्य लाभको कामना देश विदेशबाट गरिएको छ ।
तर अचम्म उनकै कार्यकर्ताहरु मैन वत्ती बाल्ने , शान्ति पुजा लगाउने कार्यमा व्यस्त देखिन थालेका छन् उनको श्वास्थ्यको कामना गर्दै ।
कार्लमाक्र्सले भनेका थिए , धर्म भनेको अफीमको नशा हो , । झापा देखि नुवाकोट सम्म पूजा, दीप प्रज्वलन जस्ता कार्यक्रम भईरहेको देखिन्छ । त्यो पनि पार्टीका भातृ संगंठनहरुको ब्यानरै टाँगेर ।
माक्र्सवादलाई सिद्धान्त मान्ने यो सत्तारुढ नेकपा माक्र्सले भनेको भौतिकबाद चाहीँ मान्दैन कि के हो ? सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् ।
पूजा गरेर हैन, सफल शल्यक्रिया र राम्रो औषधी दिएर निको हुनेछन् प्रधानमन्त्री । यस्तै कुराले सामाजिक सञ्जालमा तर्क वितर्क भईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline