फागुण २० कालिकोट । जनयुद्ध कालमा मारिएका शहीहरुको स्मृतिमा नेकपाले देशभर शहीद परिवार भेटघाट र अभिनन्दन कार्यक्रम गरिरहेको छ । यसै सिलसिलामा आज कालिकोटको दुई नं ईलाकामा आयोजित शहीद परिवार अभिनन्दन कार्यक्रममा शहीद परिवारका तर्फबाट बोल्ने प्रतिनिधिहरुले पार्टी नेताहरुलाई बरु हतकडी लागोस्, खुट्टा नकमाउनु तर जुत्ता चाही नखानु भन्दै सुझाव दिएका छन् ।
सत्तारुढ नेकपा अध्यक्षमाथि काठमाण्डौंमा जुत्ता प्रहार भएको प्रसंगलाई जोडेर उनीहरुले जुत्ता नखान सुझाव दिएका हुन् ।
नेकपाका जिल्ला ईन्चार्ज बिराट, सेक्रेटरी रणदीप लगायतकाले सवोधन गर्दै जनयुद्धका अधुरा सपना पूरा गरेरै छाड्ने बताएका थिए ।
कार्यक्रममा त्यस ईलाकाबाट युद्धकालमा ज्यान गुमाएका शहीदरुका आफन्त परिवारलाई अभिनन्दन गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline