बाख्रा चराउन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

बाख्रा चराउन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई र बाख्रा चराउन जानुभएकी सरदारलाई आक्रमण गरेको रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तीमा जङ्गली हात्तीले घरमा तोडफोड गर्दा लाखौँको क्षति गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट मध्यरातमा आएको दुईवटा हात्तीको समूहले रुपनी गाउँपालिका–६ निवासी मकरबहादुर तामाङको घर तोडफोड गरी क्षति गरेको प्रहरीले जनाएको छ ।

हात्तीले घरसहित अन्य सामग्रीमा क्षति गरेको बताउँदै हात्तीले चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकैलगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जानकारी दिएका छन् ।

स्थानीय फूलमाया तामाङका अनुसार बनिबुतो गरेर राखेको खानेकुरासमेत हात्तीले खाएपछि छाँक टार्न आफूलाई कठिनाइ भइरहेको दुखोसो गर्नुभयो । सोही हात्तीले डिकबहादुर यसमाली मगरको भान्सा घर भत्काएका छ्न भने स्थानीय खड्गबहादुर तामाङको बगैँचामा पसेर आँपको हाँगा भाँचेर क्षति गरेको जनाइएको छ । सो क्षतिबाट करिब रु एक लाख बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनको क्षति गर्दासमेत नियन्त्रणप्रति कसैले चासो नदिएको हात्ती पीडितको गुनासो छ । जिल्लाको सप्तकोशी, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णा सवरण र रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकामा हात्तीले दैनिक आतङ्क मच्याउँदै आएकोप्रति सम्बन्धित निकायको मौनताले स्थानीयवासी निरास भएको कञ्चनरुप नगरपालिकाका राजकुमार पासवानको गुनासो गर्नुभयो । तीन दिन अगाडि हात्तीको आक्रमणमा कञ्चनरुप नगरपालिकमा एक महिलाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ