रेशम चौधरीलाई रिहा गर्न माग गर्दै बन्द आव्हान , जनजीवन प्रभावित

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै बन्द आव्हान , जनजीवन प्रभावित

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कैलाली फागुण १९ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको तराई बन्दका कारण पश्चिमी जिल्लाको जनजीवन ठप्प भएको छ ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङसहितका तराईका जिल्लाहरुमा बन्दको प्रभाव परेको हो ।

बन्दका कारण यी जिल्लाहरुमा बजार, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्थाका साथै सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा समेत देखिएको छ । बन्दका कारण सुदुरपश्चिमबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको भए पनि लामोदुरीका सवारीसाधन भने सञ्चालनमा आएका छैनन् ।

मोटरसाइकल र अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन् । यातायातका साधन नचल्दा भारतलगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी बसपार्कमा अलपत्र परेका छन् ।

मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो ।

गत पुस २२ गते सरकारसँग १४ बुदे माग राखी आफनो माग सम्वोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको विज्ञप्तीमा भनिएको छ ।

रेशम चौधरीसहित ११ जना जेल बन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी