प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई थप सात दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला प्रशासनको अनुमति

प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई थप सात दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला प्रशासनको अनुमति

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले तिरुवाविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिइएको बताए । कसुर पुष्टि भए प्रशासनले तिरुवालाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय गराउन सक्छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा भाषण गरिरहेका दाहाललाई लक्षित गरी तिरुवाले जुत्ता प्रहार गरेका थिए तर उनले प्रहार गरेको जुत्ताले दाहाललाई भने लागेन ।

यसैबीच, महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न एसएसपी सहकुल थापाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
तिरुवा जनयुद्ध कालमा वेपत्ता पारेर मारिएका मन बहादुर तिरुवाको छोरा भएको र उनी लोकसेवा पढ्न काठमाण्डौ आएका बेला उनले हिजो कार्यक्रममा प्रचण्डले बोलिसक्ने वितिकै जुत्ता फुकालेर प्रहार गरेका थिए ।
त्यस पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो भने नेकपाका केही कार्यकर्ताले उनीमाथि प्रहरीकै नियन्त्रणमा रहेको बेला आक्रमण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ