सत्तारुढ नेकपाले शहीद र जनयुद्धको अपमान गरेको भन्दै आपत्ति

सत्तारुढ नेकपाले शहीद र जनयुद्धको अपमान गरेको भन्दै आपत्ति

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण १९ काठमाण्डौं । फागुण १८ गते राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवार होईन भन्दै निकालिएको विज्ञप्ति प्रति विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ ।
सो पार्टीको युवा संगठनका भेरी कर्णाली ब्यूरो संयोजक दिपले आज एक विज्ञप्ति जारी गरी शहीद र जनयुद्धको अपमान हुने गरी रतनका बुवा मुन तिरुवा शहीद होईन भनी सत्तारुढ नेकपाको जुम्ला जिल्ला कमिटिका अध्यक्षले निकालेको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।
वि.स. २०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेका बेलामा बेपत्ता पारेर मारिएका सहिद मुन तिरुवालाई हाल आएर डबल नेकपाले सहिद होइन भनेर भन्नू सम्पूर्ण बेपत्ता तथा सहिदहरुप्रतिको अपमान मात्र नभएर सिङ्गो महान जनयुद्ध प्रतिको पनि अपमान हो । मुन तिरुवाको परिवारले राज्यबाट १० लाख रुपैयाँ राहतमा पाइसक्नु भएको समेत दिपको विज्ञप्तिमा उल्लेख छ ।
जनघात गर्ने जो सुकै विरुद्ध पनि आफ्नो मत व्यक्त गर्ने मान्छेलाई विप्लवको देख्ने भन्दै विज्ञप्तिमा दिपले रतन लोकसेवाको तयारीका लागि काठमाण्डौंमा रहेको बताएका छन् । हेनुस् विज्ञप्ति :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ