चीनबाट ल्याईएका एक सय ७५ जनाको रिपोर्ट आज आउने, कोरोनाको लक्षण नदेखिए घर जाने

चीनबाट ल्याईएका एक सय ७५ जनाको रिपोर्ट आज आउने, कोरोनाको लक्षण नदेखिए घर जाने

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

फागुण १९भक्तपुर । चीनबाट उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज बेलुकासम्म आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो ।

आइतबारदेखि त्यसको परीक्षण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको परीक्षण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

अब शनिबार संकलित नमूनाको रिपोर्ट आउँदा पनि कोरोना संक्रमण नेगेटिभ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ