काठमाण्डौं फागुण १८ । आईतबार राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा विप्लवको कार्यकर्ता भएको सत्तारुढ नेकपाले दावी गरेको छ । नेकपाको जुम्लाका अध्यक्ष बीर बहादुर कुवँरले विज्ञप्ति जारी गरी उक्त व्यक्ति पार्टीको समर्थक पनि नभएको अराजक, उदण्ड र विप्लवको गतिविधिमा संलग्न भएको दावी गरेका छन् । साथै उनीमाथि हदैसम्मको कानुनी कार्बाहीको माग पनि गरेका छन् कुवँरले ।
तर उनी जनयुद्धमा मारिएका मन बहादुर तिरुवाको छोरा भएको बताईएको छ । तिरुवालाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार बृतमा राखेको छ । उनले मिडियालाई प्रचण्डले बर्ग संघर्षको कुरा गरे पछि चित्त नबुझेर जुत्ता हानेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline