काठमाडौँ, फागुन १८ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले राजदूत पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुन सरकारले निर्देशन दिएको हो ।
मन्त्रिपरिषद् बैठकमा फिर्ता बोलाउनुको कारणबारे छलफल पनि नभएको बताईएको छ ।
कोरोना भाइरसको त्रासमा चीन रहेकै बेला राजदूत पौडेललाई किन फिर्ता बोलाइयो भन्ने कौतूहलको विषय बनेको छ । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline