विराटनगर, १८ फागुन÷अन्तराष्ट्रिय नेट्रवर्ग बनाएर ‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइेके मोरङ सुन्दरहरैचा नगरपालिका – ३ का विशाल अर्याल भनिने ३६ वर्षिय निरन्जनप्रसाद आर्चायसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् ।
जिल्ला अदालत मोरङका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालशले आर्चायसहित तीन जना पूर्पक्षका लागि थुनामा राख्न र तीन जनालाई जनही १ लाख धरौटिमा छोडन आदेश दिएका हुन् ।
अदालतको आदेशपछि खोटाङ्ग जन्तेढुँगा गाउँपालिका – ४ चिसापानीका २४ वर्षिय शिवजी खड्का र सोही ठाउँकी २१ वर्षिय देवी चम्लागाइ पूर्पक्षको लागि विराटनगर कारागार चलान भएका छन् । प्रतिवादीहरू भावना राई, लक्ष्मी कार्की र सानु गौतम जनही १ लाख धरौटिमा रिहा भएका छन् । थुनामा गएका प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि सहिंता, २०७४ को दफा ६७ बमोजिम मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ८० बमोजिम पुर्पक्षको लागि थुनामा गएको अदालतले आदेशमा उल्लेखछ । यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम भावना, लक्ष्मी र सानु धरौटिमा रिहा भएको अदालतले जनाएको छ । पक्राउ परेका मध्ये २ जना नावलक भएकोले उनीहरूलाई अभिभावक बोलाएर जिम्मा लगाएको छ ।
अनलाइन सपिङको नाममा ठगि गर्ने गिरोहका मुख्य नाइके आर्चायसहित प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत गत फागुन ६ गते मोरङ अदालतमा १ जनलाई फरार प्रतिवादी बनाएर ९ जना विरूद्ध मुद्दा दर्ता गरेको थियो ।
प्रहरीको अभियोग अनुसार ठगीका मुख्य गिरोह आचार्यले ३० हजार तलब दिने सहमतिमा किशोरीहरूलाई सेल्स एण्ड मार्केटिङ्गमा काममा लगाएका थिए । उनीहरूले बिभिन्न बैंकहरूको खातामा आएको पैसा उठाएर आचार्यलाई दिने गरेका थिए । आचार्यले ठगी धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ । पक्राउ परेका युवतीलाई आचार्यले बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्याएको खुलेको थियो । आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको अभियोग पत्रमा उल्लेखछ ।
आचार्यले विभिन्न बैंकमार्फत ९० लाख रुपैयाँ भन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ । आचार्यले पनि यो कुरा स्वीकार गरिसकेका प्रहरीले लिएको बयानको क्रममा भनेको छ । ठगी गर्ने क्रममा उनले २५ भन्दा बढी भारतीय र नेपाली बैंक प्रयोग गरेका छन् । आचार्यका ७८ वटा नेपाली र १७ वटा भारतीय बैंकका खाता रहेका छन् । उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको अभियोगमा उल्लेखछ ।
‘अनलाइन सपिङ’ नाममा ठगी गरिएको ६७ लाख ९९ हजार सात सय ५० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।
उनीहरुको यो मुद्धाको अन्तिम फैसला भने पछि हुने छ ।
((