काठमाडौं । प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।
आइतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको प्रतिक्रिया दिए । उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।
उनी अहिले लोकसेवाको तयारी गरीरहेको बुझिएको छ । उनका बुवा जनयुद्ध कालमा मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline