फागुण २५ काठमाण्डौं । शिशु च्यापेकी महिलामाथि लाठी प्रहार गर्ने सानेपा चौकीका ईन्चार्ज ईन्सपेक्टर देवी प्रसाद पौड्याल महानगरीय प्रहरी परिषर ललितपुर तानिएका छन् ।
एसएसपी टेकप्रसाद राईले अनुसन्धानका क्रममा इन्स्पेक्टर पौडेललाई परिसर तानिएको बताए। बिहिबारै पत्र पठाईए पनि पौडेल शनिबार मात्र परिसरमा हाजिर हुन पुगेका थिए ।
महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्जसमेत रहेका इन्स्पेक्टर पौडेलले काखमा शिशु च्यापेर दौडिरहेकी एक महिलालाई बारम्बार लाठी प्रहार गरेको भिडियो शुक्रबार बिहान सार्वजनिक भएको थियो। पौडेलको ठाउँमा इन्स्पेक्टर सुजित ओझालाई खटाइएको छ।
यो दृश्य भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरको कम्पाउन्ड भित्रको हो । पौडेलले हेमा श्रेष्ठमाथि लाठी बर्साएका थिए । उनले छोरीमार्फत घरमा तोडफोड हुन लागेको खबर पाएको भन्दै नजिकैको प्रहरी प्रभागमा खबर गरे ।