प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् ।

यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए ।

विपक्षी दलका सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आपत्ति जनाएका थिए ।

उनले पार्टीको सरकारप्रति विश्वासको संकट आएको समेत बताएका थिए ।

उपप्रधानमन्त्रीले हालै जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै उनले झुठा कुरा लेखिएर अश्वेतपत्र जारी गरिएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ