काठमाडौं, १७ फागुन ।
शव बहान खरीदका लागि जोइन्ट हेण्ड युथ सोसाईटी बुद्धशान्ति झापालाई एकै दिन काठमाडौंमा एक लाख बढी सहयोग जुटेको छ । शनिवार राजधानीको मा आयोजित कार्यक्रमका बीच प्रदेश सांसद देखि व्यापारी, व्यावसायी तथा सुभचिन्तकहरुले सहयोग गरेका हुन् ।
यसरी सहयोग गर्नेहरुमा काठमाण्डौंका बागमति प्रदेश अन्तर्गत काठमाण्डौं क्षेत्र १ का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ दश हजार, बुद्धशान्ति झापा घर भई हाल काठमाण्डौं बस्दै आएका संजीव न्यौपाने ५१ हजार , कृष्ण ओडारी ५५ सय , प्रवीण ओझा र प्रभातमणि ओझा ५१ सय , चन्द्र बहादुर राउत ५१ सय , निर्मला भट्टराई ( धड्कन ) ११ हजार एक सय ११ , विनोद कुमार दाहाल ११ सय , नेपाली काग्रेस झापा काठमाण्डौं सम्पर्क समितिको तर्फबाट १० हजार एक सय , प्रकाश घिमिरे ५ हजार एक सय ५१, आईतमाया थेवे स्मृति प्रतिष्ठान चारआली झापाको तर्फबाट उमा श्रेष्ठले ५१ सय , कुल बहादुर राउत ११ सय , पदम निरौला ५१ सय रुपैया रहेको संस्थाका काठमाण्डौं संयोजक प्रवीण निरौलाले जानकारी दिए । काठमाण्डौंबाट थप रकम संकलनको पहल भईरहेको पनि निरौलाले बताए ।
यस अघि झापाका स्थानीय बुद्धीजीवी, समाजसेवी, व्यवशायी, संघ संस्था, वैदेशिक रोजगारीमा रहेका युवाहरुले गरी करीब १० लाख हाराहारी रकम संकलन भईसकेको जोइन्ट हेण्ड युथ सोसाईटी,बुद्धशान्ति झापाका अध्यक्ष एवं चन्द्र सूर्य युवा क्लबका प्रमुख सल्लाहकार संजील प्रसाईले जानकारी दिए ।
यो शव बाहनले असहाय तथा गरीबहरुलाई सहयोग पुर्याउने, आर्थिक स्तर हुनेहरुबाट सामान्य तेल र मर्मत खर्च लिएर पोष्टमार्टम देखि घाट सम्म सुविधा दिने लक्ष्य संस्थाले राखेको अध्यक्ष प्रसाईले बताए ।

अहिले शब बोक्ने बाहन नपाईने, महंगो भाडा तिनु पर्ने बाध्यता देखिएकाले जनताको सुविधाका लागि यो पहल थालिएको उनको भनाई छ । यो शव बाहनले बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा,बीरतामोड, भद्रपुर, दमक देखि ईलाम सम्म पनि सेवा दिने जनाईएको छ ।
करीब एक बर्ष अघि देखि शब बाहन खरीदको योजना सहित अघि बढेको सोसाईटीले देउसी भैलो , फुलहरुको स्टल राखेर विक्री वितरण लगायतका अभियानात्मक काम गरेर पनि रकम जुटाईरहेको छ । शब बाहनलाई करीब २० लाख रकम लाग्ने बताईएको छ ।
घट्टेकुलोस्थित सामुदायीक समाजको हलमा आयोजित कार्यकममा बोल्दै बागमति प्रदेश अन्तर्गत काठमाण्डौं क्षेत्र नं १ का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले सोसाईटीले सामाजिक कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै मरिसकेपछि पनि खुट्टा खुम्च्याएर घाटसम्म पुर्याउनुपर्ने अवस्थाको अन्त्यका लागि शव बहान खरिद कार्यमा आफूले सहयोग गर्नुका साथै सहयोग जुटाउन पनि भूमिका खेल्ने बताए ।

उनले मानवीय संवेदनासँग जोडिएका सामाजिक काममा तीन तहकै सरकारले बिशेष ध्यान पुर्याउनुपर्नेमा त्यो अवस्था नभईरहेकोबेला नागरिकस्तरबाट सोसाईटीको अगुवाईमा भएका यस्ता कार्यले जनप्रतिनीधिलाई समेत प्रेरणा दिएको बताए ।
यस्तै युवा व्याक्तित्व प्रभातमणी ओझाले सरकारको विरोध गर्नुभन्दा पहिले नागरिकले आफ्नो दायीत्व पुरा गर्नुपर्ने बताए । प्रत्येक जिल्लामा एम्बुलेन्स र शवबहान किन्ने गरी सरकारले योजना बनाएर कार्यान्वयन गर्नपर्ने जोड दिदैँ नागरिकले जहाँ बसे पनि सामाजिक काममा सहयोग पुर्याउन आग्रह गरे ।
नेपाली कांग्रेस झापा काठमाडौं सम्पर्क समितिका अध्यक्ष दिपक उप्रेतीले मृत्युपछि पनि सहज र सरल रुपमा आफ्नो सस्कार अनुसार अन्तिम संस्कारका लागि शवलाई घटसम्म पुर्याउन समेत कठिनाई भईरहेकोबेला शव बहान खरिदपछि सहयोग पुग्ने बताए । सोसाईटीको यस्तो सामाजिक काममा आफ्नो हैसियतअनुसार सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले सानो सहयोगबाट नै ठुलो सहयोग संकलन हुने बताए ।

सोर्साटीका उपाध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्लेले करिब २ बर्षअघि देखि वुद्धशान्तिका युवाहरु मिलेर बनाएको सोसाईटीले स्थापनाकालदेखि नै बिपन्न परिवारलाई खाध्यान्ह तथा कपडा वितरण, सामुदायीक बिद्यालयमा अध्यनरत छात्रछात्रालाई कपडा तथा आवश्यक सामग्रीहरु वितरण लगायतका सामाजिक कार्य गर्दै आएकोमा पछिल्लो पटक शव बहान खरिद गर्नका लागि सहयोग संकलन गरिरहेको सुनाए ।
उनले मृत्यु पश्चात शवलाई घाटसम्म पुर्याउन पनि नसक्ने तथा गाडिहरुमा जबरजस्ता कोचेर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न शव बहान गर्न लागिएको जानकारी दिदैँ सबै जाति तथा धर्म मान्नेहरुका लागि आफ्नो संस्कार अनुरुप सहज रुपमा शव लैजान मिल्ने सुविधा सहितको शव बहान खरिद गरिने बताए ।
कार्यकममा सहयोगदाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सन्चालन सोसाईटीका काठमाडौं संयोजक तथा समाजसेवी प्रविण निरौलाले गरेका थिए भने कार्यक्रममा सस्थाका सल्लाहकार नविन प्रसाईं साथै सस्थाका सक्रिय सदस्य केशव प्रसाद तिमल्सिना लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्याक्तित्व, व्यापारी, व्यावसायी, समाजसेवी,सन्चारकर्मीकाे उपस्थिती थियो ।
