काँग्रेसद्वारा जग्गा दिने निर्णयको विरोध

काँग्रेसद्वारा जग्गा दिने निर्णयको विरोध

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

पोखरा, १७ फागुन ।

नेपाली काँग्रेसबाट पोखरा महानगरपालिमामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका– २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् । महानगरपालिकाको कार्यपालिकाको ३६ औँ बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर आपत्ति प्रकट गर्दै निर्णय सच्याउन माग समेत गरेका छन् ।

वडाध्यक्षका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले शुक्रबार यहाँ विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकले सो निर्णय गरी फागुन ११ मा सम्झौता समेत गरेको भन्दै उक्त निर्णयप्रति आफूहरूको ध्यान गम्भीररुपमा आकृष्ट भएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बैठकमा उक्त कार्ययोजना प्रस्तुत गर्नुभएपछि तत्काल वडा नं २७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य पूर्णकुमार गुरुङले उठेर लेखनाथवासीलाई नसोधी निर्णय गर्नु नहुने भन्नुभएको भनिएको छ ।

प्रमुख जिसीले लेखनाथवासीसँग छलफल गरेर निर्णय गर्ने भनिसकेको अवस्थामा कसरी भवन तथा जग्गा दिने निर्णय भयो त्यो बुझ्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । सर्वसम्मत निर्णय नभएको भन्दै विज्ञप्तिमा सो निर्णय तत्काल सच्याई लेखनाथवासीको भावनाको अपनत्व गराउन माग गरिएको छ ।

उक्त निर्णयको विरोध गर्दै साविक लेखनाथ नगरपालिकाका पूर्वजनप्रतिनिधि राजेन्द्रमणि लामिछाने, दीननाथ ढकाल, ढकनाथ कँडेल, गोपालमान गुरुङलगायतले महानगर प्रमुखलाई ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ