फागुण १७ काठमाण्डौं । ललितपुरको भैंसेपाटीमा एक बच्चा बोकेर हेम खत्रीको घर अगाडी पुगेका बेला प्रहरीको एउटा भ्यान आयो । सो भ्यानका कमाण्डर थिए ईन्सपेक्टर देवी प्रसाद पौडेल । नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भएर ती महिलासगँ सम्बन्ध रहेको तर श्रीमति नस्वीकारेको भन्दै महिलाहरु लिएर पुगेका बेला तीनै खत्रीले बोलाए पछि पौडेलको नेतृत्वको प्रहरी टोली त्याहा पुगेको थियो ।
ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्यो।
त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।
ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए।
बच्चाकी आमामाथि लाठी हान्ने प्रहरीको बारेमा अनुसन्धान हुने जनाईएको छ । ईन्सपेक्टरले महिलालाई धकेल्दै लाठी हानेको स्पष्ट देख्न सकिन्छ । उनी बच्चा चेपेर हिडिरहेको देखिन्छ ।