काठमाडौं, १६ फागुन ।
नेकपा (माले) को स्थायी कमिटीको बैठकले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित ठहर गर्दै सीआईबी मार्फत दुर्घटनाको गर्न सरकारसंग माग गरेको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले १५ फागुनमा गृह जिल्ला झापाबाट काठमाडौं आउने व्रmममा महोत्तरी जिल्लाको रातोनदी नजिक अस्वभाविक ढंगले भएको सडक दुर्घटना परी घाइते हुनु भएका पार्टी महासचिव मैनाली सहित परिवारका अन्य सदस्य र गाडी चालकको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
बैठकले पार्टी महासचिव सी.पी.मैनाली सवार कार दुर्घटना अस्वभाविक तथा नियोजित ठहर गर्दै उक्त दुर्घटनाबारे जनस्तरबाटै जानकारी हाँसिल गरी दुर्घटनाको छानविन गरी तथ्यको आधारमा सत्य पत्ता लगाइ १५ दिनभित्र पार्टी केन्द्रलाई प्रतिवेदन दिने गरी स्थायी कमिटी सदस्य दीननाथ घिमिरेको संयोजकत्वमा ‘दुर्घटना छानविन कार्यदल’को गठन गरिएको छ ।
उक्त कार्यदलको अन्य सदस्यहरुमा वैकल्पिक पोलिटव्युरो सदस्य क.परशुराम लामिछाने र केन्द्रीय सदस्य शंकर पोखरेल रहेका छन् ।