मोरङ र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

मोरङ र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बिराटनगर, फाल्गुन १६ गते । मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार रहेका चालक सुन्दरहरैचा(११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका ईटहरी उपमहानगरपालिका(५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल३८ट्याब्लेट, फेरागन१९ट्याब्लेट, डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक२४ट्याब्लेट, सामसुङमोवायल२थान, लेनोभोमोवायल१थानरनोकियामोवायल१ समेत बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान राती पौने १ बजे बिराटनगर महानगरपालिका(११ का २६ बर्षीय दिपेश श्रेष्ठ र निजकै श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्यापनामक२६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका(६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
बिहिवार साँझ ५ बजे कमल गाउँपालिका(५ का २३ बर्षीय मनिष धिमालको साथबाट डाईजेपाम२६ट्याब्लेट,फेनारागन२६ट्याब्लेट र लुपिजेसिक२६ट्याब्लेट बरामद गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ