यूपिआरको तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न

यूपिआरको तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न

  • बिहिबार, फाल्गुन १५, २०७६
  • रुद्र बहदुर खड्का

  • 7.9K
    SHARES

काठमाडौँ फागुन १५ ।
विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका संघसंस्थाको आयोजनामा फागुन १५ गते काठमाडौँमा सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घमा गरिने छलफलमा नेपालको मानव अधिकारको अवस्थाका बारेमा कुनै विषय पनि छुटाउन नहुने तर्पm सचेत रहेको बताउनुभयो । उहाँले मानव अधिकारका विषयमा छलफल गरिने यो अवसरको अधिकतम सदुपयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घकी केन्द्रीय सदस्य सीता सुवेदीले सबैका लागि सबै अधिकारको उपभोगमा समान पहुँच हुनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जिताराम लामाले कानुनमा लेखिएका अधिकारलाई व्यवहारमा उतार्न राज्य तथा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।

डिआरसिएफसीकी महासचिव कृष्णकुमारी वाइवाले प्राप्त सुझावहरुलाई आधार मानेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताउनुभयो ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले युपिआरका लागि इन्सेकले पहिलो चक्रदेखि नै प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘युपिआर राज्य र संयुक्त राष्ट्रसङ्घको संवाद हो । यो संवादमा गैरसरकारी संस्थाको तर्पmबाट हाम्रो सञ्जालले पनि प्रतिवेदन पेश गर्दै आएको छ ।’

कार्यक्रममा काठमाडौँ स्कुल अफ लका सहप्राध्यापक कपिल अर्यालले सातै प्रदेशबाट सुझाव लिएर प्रतिवेदन तयारी गर्ने क्रममा रहेकाले केही छुटेका भए यो कार्याशालाबाट परिपुर्ति गर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानव अधिकारको समीक्षा गर्नुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानलाई विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) भनिन्छ । संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००६ मा मानव अधिकार परिषद् स्थापना गरेको थियो ।

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपालका तर्पmबाट ३ सय भन्दा बढी नागरिक संघसंस्था सम्मिलित तीन सञ्जाल–गैरसरकारी संस्थाको सञ्जाल नेपाल, महिलाहरूको राष्ट्रिय सञ्जाल र नेपाल डर्बन सम्मेलनको अनुपरीक्षण समितिले संयुक्त प्रतिवेदन तयार गरिरहेका छन् ।

महिला सञ्जालका तर्पmबाट ओरेककी सञ्जिता तिम्सिनाले महिलाका अधिकार र अधिकार प्रयोग गर्दा आइपरेका सवालका बारेमा प्रतिवेदनमा समेटिने बताउनुभयो । डिआरसिएफसीका होम याम्पूmले अल्पसंख्यक समुदायका अधिकार उपभोगमा विभेद खेप्नुपर्ने अवस्था अन्त्यका लागि प्रतिवेदनमा उल्लेख गरिने बताउनुभयो ।

अधिव क्ता लक्ष्मी पोखरेलले सङ्क्रमणकालीन न्यायका सवालमा सर्वोच्च अदालतको पैmसला अनुसार ऐन संशोधन गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

इन्सेक बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले युपिआरका लागि तयार पानिे प्रतिवेदन अन्तिम सुझावका लागि कार्यशालामा उपस्थित सहभागीलाई पठाउने र त्यसपछि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ