नेकपाद्धारा रुपन्देहीमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

नेकपाद्धारा रुपन्देहीमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बुटवल । फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । सहिद सप्ताहको अवसरमा आयोजना गरिएको कार्यक्रममा रुपन्देही जिल्लाका सहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरिएको नेकपाले बताएको छ ।
अभिनन्दन कार्यक्रममा नेकपा रुपन्देही जिल्ला इन्चार्ज संगमले सहिद तथा वेपत्ता योद्धाहरुको सपना पुरा नभएको भन्दै ती सपनाहरुलाई क्रान्ति मार्फत पुरा गर्ने बताए । उनले क्रान्तिमा गद्दारी गर्नेहरुले सहिद तथा वेपत्ता योद्धाहरुको सपना अलपत्र पारेको भन्दै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपील गरे । कार्यक्रममा जिल्ला सेक्रेटरी विजयले अधुरो क्रान्तिलाई पुरा गर्न क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनले वैज्ञानिक समाजवादमा मात्र सहिदका सपना पुरा हुने बताए ।
कार्यक्रममा जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी व्युरो संयोजक जया, पूर्व अन्तरिम विधायिका शारदा घिमिरे (लता), सहिद परिवार रुपन्देही जिल्ला अध्यक्ष माया काउचा लगायतले बोलेका थिए ।
जिल्ला सेक्रेटरी विजयको अध्यक्षता, जिल्ला इन्चार्ज संगमको प्रमुख आतिथ्यता, नविनको संचालन र शिशिरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका ६० भन्दा बढी सहिद तथा वेपत्ता परिवारहरु सहभागिता रहेको थियो । कार्यक्रममा अवसरमा नेकपाले सहिद तथा वेपत्ता परिवारका छोराछोरीलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने समेत बताएको छ । उक्त अवसरमा झुल, फलफूल तथा नगद वितरण गरिएको थियो ।
विप्लव नेतृत्वको नेकपाले हरेक बर्ष सहिद सप्ताहको अवसरमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गर्दै आएको छ । यसबर्ष नेकपाले सहिद सप्ताहलाई फागुन १४ देखि २१ सम्म मनाउने निर्णय गरेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ