पर्सा पुगे पछि एसपी गंगापन्तको एक्सन , चार प्रहरी नै नियन्त्रणमा

पर्सा पुगे पछि एसपी गंगापन्तको एक्सन , चार प्रहरी नै नियन्त्रणमा

  • बिहिबार, फाल्गुन १५, २०७६
  • राहुल गुप्ता

  • 16.6K
    SHARES

बिरगंज, फाल्गुन १५ । पर्सामा नँया आउनु भएको प्रहरी उपरीक्षक गंगा पन्तको कडाई पछि हुण्डी कारोबारीसंग संलग्नता देखिएपछि एकजना असई सहित ४ जना प्रहरीलाई पक्राउ गरी थुनामा राखिएको छ ।

हुण्डी कारोबारीसंग साँठगाठ गरेको आरोपमा प्रहरी सहायक निरिक्षक पुर्ण तामांग सहित चारजना प्रहरीलाई थुनामा राखेर अनुशनधान भइरहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा सिमा प्रहरी चौकी इनर्वा गाउँमा कार्यरत इन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण तामाङ , सोही चौकीमा कार्यरत प्रहरी हवलदार विष्णु दयाल चौधरी,जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसनधान शाखामा कार्यरत प्रहरी जवान राजकुमार गुरुगं र लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादव रहेका छन् ।
असई तामाङको कमाण्डमा रहेको प्रहरी टोलीले एक हप्ता अगाडी फाल्गुन ७ गते बुधबारका दिन दिउसो २ बजेको समयमा इनर्वा गाउकै भुटन देवी मन्दिर अगाडीबाट एकजना हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेको थियो ।
सिमावर्ती भारतीय शहर रक्सौलका हुण्डी कारोबारी फुल हसनको हुण्डीको रकम लिएर आईरहेको उनका भरियाको साथबाट असई तामाङले २० लाख नेपाली रुपैया बरामद गरेका थिए । तर अवैध वित्तिय कारोबार गरेको आरोपमा २० लाख रुपैया सहित पक्राउ गर्नुको साटो असई तामाङ नेतृत्वको टोलीले १० लाख रुपैया सहित कारोबारीलाई फिर्ता पठाएर बाकी १० लाख रुपैया चारैजना प्रहरीले बाडिचुडी खाएका थिए ।

दुई दिन अगाडी पक्राउ परेका हुण्डी कारोबारीले नै पोल खोल दिएपछि प्रहरी उपरीक्षक पन्तले हिजो साझै चारैजना प्रहरीलाई पक्राउ गरी थुनामा राखेकी हुन् । पक्राउ परेका चारैजजना प्रहरीको साथबाट हुण्डी कारोबारी संग लिएको १० लाख रुपैया समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।पक्राउ परेका चारैजना प्रहरीलाई थप अनुशनधान गरेर अख्तियार दुरुपयोग अनुसनधान कार्यालय हेटौडालाई बुझाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ