काठमाडौं, १५ फागुन । नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठान शाखाले पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
प्रतिस्ठानका अध्यक्ष राजाराम बोहराले विज्ञप्ति जारी गर्दै न्हुगु जोजोलोपा साप्ताहिकका प्रधान सम्पादक तथा रेडियो मिर्मिरेका कार्यक्रम सन्चालक महर्जनलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् ।
महर्जन जनपत्रकार संगठन, नेपाल काठमाण्डौं जिल्ला संयोजक समेत हुन् ।
महर्जनलाई नियमित समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यालयबाट घर फर्कदै गर्दा फागुन १३ गते मंगलवार साझ कीर्तिपुरको नयाँ बजारबाट प्रहरीले महर्जनलाई गिरफ्तार गरेको थियो ।
बिनाकारण पत्रकार महर्जनलाई गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र गरिएकोप्रति नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठान शाखाको गम्भिर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तीमा भनिएको छ, समाचार लेखेकै आधारमा पत्रकारलाई पटक पटक गिरफ्तार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार हो । यस्तो कार्यको संगठन घोर आपत्ति जनाउदै पत्रकार महर्जनलाई अविलम्व रिहा गर्न माग गर्दछ ।
यसैबीच हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन पनि माग गरेको छ ।
