१४ औं चरण अन्तर्गत बृक्षारोपन कार्यक्रम आदर्शनगरमा सम्पन्न

१४ औं चरण अन्तर्गत बृक्षारोपन कार्यक्रम आदर्शनगरमा सम्पन्न

  • बिहिबार, फाल्गुन १५, २०७६
  • राहुल गुप्ता

  • 8.8K
    SHARES

बिरगंज , फागुन १५ गते । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा र समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज १४ औ चरणको बृक्ष रोपण कार्यक्रम गरिएको छ ।
बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीको प्रमुख आतिथ्य र सामुदायिक सेवाका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो ।  त्याहा उपस्थित र सहभागी व्यक्तित्वहरुले वृक्ष रोपण गरेका थिए । सहभागीहरु हात हातमा विरुवा बोकेर कार्यक्रममा पुगका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त , पुर्व सान्सद अनिल रुङ्गटा , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , सशस्त्र प्रहरी गुल्म १३ न का सशस्त्र प्रहरी उपरीक्षक , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पन्डित , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष ग्यासुदिन ठकुराई , सामुदायिक सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरु , सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ