किर्तिपुर, १४ फागुन ।
पत्रकार जितेन्द्र महर्जन फेरी पक्राउ परेका छन् । नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक तथा रेडियो मिर्मिरेका कार्यक्रम सन्चालक महर्जनलाई मंगलवार प्रहरीले गिरफ्तार गरेको हो ।
उनलाई किर्तिपुरको नयाँवजारमा रहेको सिसापसलबाट मंगलवार अपरान्ह गिरफ्तार गरेको पारिवारीक श्रोतले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
उनलाई किन र के कारणले गिरफ्तार गर्यो भन्नेबारे जानकारी हुन नसकेको पारिवारीक श्रोतले जनाएको छ । यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघल, जनपत्रकार संगठन नेपाल लगायतका सन्चारसम्बद्ध बिभिन्न संघसंगठनको दबाबपछि उनलाई रिहा गरिएको थियो । उनी जनपत्रकार संगठन काठमाडौंका संयोजक समेत हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline